Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै 

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै 

इच्छाकामना न्युज

२०, माघ २०७९
माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै 
images

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ । आज दिउँसो ३ बजे बस्ने बैठकमा दलका नेताहरूको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक विषय तथा सरकार सञ्चालनका विषयमा छलफल हुने महासचिव देव गुरुङले बताउनुभयो ।

images
images

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था र पार्टीको भावी योजनाका बारेमा मन्तव्य दिनुभएको थियो । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको माग गर्दै दुई दिनको अल्टिमेटम दिएपछि सरकारको नेतृत्वकर्ता दल माओवादीको बैठकमा आज त्यस बारेमा पनि छलफल हुने नेताहरूले बताएका छन् । 

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ०९:३०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology