Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

रत्ननगरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

इच्छाकामना न्युज

१६, माघ २०७९
रत्ननगरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनको रत्ननगरस्थित टिकौली चौरमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको समापन गर्दै मेयर प्रल्हाद सापकोटाले विद्यार्थीहरुका लागि खेलकुद एउटा गहना भएकाले यसको माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शनी, अनुशासनका साथै राष्ट्रको गरिमा बढाउन सहयोग पुग्ने बताए। 

images

रत्ननगर नगरपालिकाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षासम्म प्राथमिकताका साथ छात्रवृत्तिको व्यवस्था गरेको बताउँदै विद्यार्थीहरुले खेलकुदमा जसरी शैक्षिक प्रगति गर्नेगरी अघि बढ्न आग्रह गरे। उनले विजयी विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै सक्षम खेलाडी उत्पादनका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने जिकिर गरे।  

328370653_3508416102725216_3436285111247720687_n.jpg
 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्रभित्रका संस्थागत र सामुदायिक गरी ३१ वटा विद्यालयका ५२५ जना खेलाडी सहभागी भएका थिए। प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी, दौड, जेभलिन थ्रो, रिले, लङजम्प, त्रिपलजम्पलगायतका खेलहरु खेलाइएका थिए। विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीलाई मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडाध्यक्षलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए। 

नगर खेलकुद विकास समितिका संयोजक कृष्ण महतोको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यक्रम रत्ननगर न्यायिक समितिका सदस्य देवेन्द्र भुजेलले सञ्चालन गरेका थिए। 

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - २०:५२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology