Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवन–२ मा उपनिर्वाचनको मिति फैसलाको पूर्णपाठ आएपछि तय गरिने 

चितवन–२ मा उपनिर्वाचनको मिति फैसलाको पूर्णपाठ आएपछि तय गरिने 

images

इच्छाकामना न्युज

१४, माघ २०७९
चितवन–२ मा उपनिर्वाचनको मिति फैसलाको पूर्णपाठ आएपछि तय गरिने 
images

काठमाण्डौ । रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ आएपछि मात्रै चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचनको प्रकृया सुरु गरिने भएको छ । सर्वोच्चको फैसलासँगै लामिछानेको सांसद पद खारेज भएपछि प्रतिनिधि सभातर्फ चितवन क्षेत्र नं २ रिक्त भएको छ ।

अब सरकारसँग परामर्श गरेर उपचुनावको प्रक्रिया सुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले बताउनुभयो । त्यसअघिसर्वोच्चबाट फैसलाको पूर्ण पाठ र औपचारिक जानकारी आउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ ।

आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ । तर कानुनमा उपचुनाव कहिले गर्ने भन्ने स्पष्ट व्यवस्था नभएका कारण आयोगले सरकारसँगको छलफलपछि मात्रै निर्वाचनको मिति तय गर्ने छ । 

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०९:१८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology