आँबुखैरेनी । अल स्टार क्लब आँबुखैरेनीले गोरखाको लक्ष्मीबजारमा जारी प्रथम लक्ष्मी कप–२०७९ यु–१५ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । शिखर खेल मैदानमा आज भएको फाईनल खेलमा हिमाली तमु युथ क्लब गैरालाई २–० गोल अन्तरले पराजित गर्दै अल स्टारले उपाधी हात पारेको हो ।
उपाधी दिलाउन अल स्टारका लागि समिर तामाङ्ग र कुशल गुरुङ्गले १/१ गोल गरेका थिए । प्रतियोगितामा समिर तामाङ्ग उच्च गोलकर्ता र कुशल गुरुङ्ग उत्कृष्ठ.खेलाडी भएका छन् । उपाधी सँगैं अल स्टार क्लबले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता हिमाली तमु युथ क्लबले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
नव प्रतिभावान फुटबल खेलाडी उत्पादनमा विशेष जोड दिदै आएको यस आँबुखैरेनीको अल स्टार क्लबले लामो समय पछिको मेहनत र संघर्ष पछि प्रतिफल हात पार्न सफल भएको क्लबका उपाध्यक्ष सुशिल पाण्डेले जनाकारी दिए ।