Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कुरिनटारको सशस्त्र प्रहरी शिक्षालय फेरि पनि सर्वोत्कृष्ट

कुरिनटारको सशस्त्र प्रहरी शिक्षालय फेरि पनि सर्वोत्कृष्ट

images
कुरिनटारको सशस्त्र प्रहरी शिक्षालय फेरि पनि सर्वोत्कृष्ट
images

कुरिनटार । चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय सर्वोत्कृष्ट बनेको छ । ‘२२औं सशस्त्र प्रहरी दिवस’ को अवसरमा शिक्षालय कुरिनटारलाई पुरस्कृत गरिएको हो । सशस्त्रका १२ वटा तालिम शिक्षालयमय कुरिनटार सर्वोत्कृष्ट बनेको हो । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्रको मुख्यालयमा एक समारोहकाबीच पुरस्कृत गरिएको छ ।

गत वर्षपनि कुरिनटारनै सर्वोत्कृष्ट बनेको थियो । २०६२ मा सुरक्षा बेस क्याम्प बनेकोमा २०६७ देखि पहिलो पटक विपद् व्यवस्थापन तालिम सञ्चालन गरेको थियो । बेस क्याम्प २०६८ मंसिर २२ मा नेपालकै पहिलो विपद् व्यवस्थापन तालिम केन्द्रका रुपमा स्तरोन्नती भएको थियो । शिक्षालयका रुपमा नामाकरण २०७५ असार १५ गते भएको थियो ।

हालसम्म २ हजार ८७ जना सशस्त्र प्रहरी कर्मचारीले आधारभूत विपद् व्यवस्थापन तालिम पाएका छन् ।

पछिल्लो एक वर्षमा शिक्षालयले विभिन्न आधारभूत तथा उन्नत विपद् व्यवस्थापन तालिममा गरी ७ सय ६५ जना व्यक्तिहरुलाई तालिम दिएको छ । नेपालमै गोताखोर तालिम सञ्चालन गरी २० जना गोताखोरहरु उत्पादनसमेत गरिसकेको छ । गोताखोरहरुले नेपालको विभिन्न नदीनाला, पोखरी, ताल तथा पानीभित्र खोज तथा उद्वार कार्य गर्न सहयोग गर्दै आएका छन्। शिक्षालयले हालसम्म ३ हजार जनालाई विभिन्न तालिम दिइसकेको छ। २१७ विपद्का घटनामा शिक्षालयले खोज तथा उद्वारका काम गरिसकेको छ । ७ सय ७९ जना घाइतेहरुको उद्वार तथा ३ सय १० वटा शवहरु फेला पारेको थियो ।

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - २१:४४:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology