Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

विश्वभर ९ करोड भन्दा धेरै मानिसलाई कोरोना  भाइरस संक्रमण

विश्वभर ९ करोड भन्दा धेरै मानिसलाई कोरोना  भाइरस संक्रमण

images

एजेन्सी

२६, पौष २०७७
विश्वभर ९ करोड भन्दा धेरै मानिसलाई कोरोना  भाइरस संक्रमण
images

काडमाण्डौं, २६ पौष । 
 विश्वमा नौ करोड भन्दा धेरै मानिसलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो ।
एक वर्षअघि चीनको वुहानमा पुष्टि भएको कोरोना भाइरसको सङ्क्रमण विश्वका सबै महादेशका गरी दुई सय १८ देशमा फैलिएको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी सङ्क्रमणमुक्त भएका छन्।
यो कुल सङ्क्रमितको ७१ प्रतिशतभन्दा धेरै हो । यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो संख्या कुल सङ्क्रमितको दुई दशमलव १४ प्रतिशत हो । अहिले विश्वमा दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा तीमध्ये एक लाख आठ हजारभन्दा धेरै गम्भीर बिरामी रहेका छन् । 
कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मात्रै दुई करोड २६ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने तीन लाख ८१ हजारभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । दोश्रो प्रभावित भारतमा एक करोड चार लाख ५० हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

 

images
प्रकाशित मिति :पौष २६, २०७७ आइतवार - ०८:५२:४२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology