Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सरकारको पेन्सन सुधार कार्यक्रमविरुद्ध फ्रान्समा प्रदर्शन 

सरकारको पेन्सन सुधार कार्यक्रमविरुद्ध फ्रान्समा प्रदर्शन 

images

एजेन्सी

६, माघ २०७९
सरकारको पेन्सन सुधार कार्यक्रमविरुद्ध फ्रान्समा प्रदर्शन 
images

फ्रान्स । फ्रान्सले अघि सारेको पेन्सन सुधार कार्यक्रम विरुद्ध प्रदर्शन भएको छ । संसद्मा प्रस्तुत हुन लागेको नयाँ विधेयकमा मानिसहरूले ६२ नभएर ६४ वर्षको औपचारिक उमेरसम्म काम गर्न पाउने प्रावधानलाई अघि सारिएको छ । यसैको विरोधमा भएको हडताल जुलुसका कारण अन्तरनगर तथा यात्रुवाहक ट्रेन सेवाहरू अवरुद्ध हुन पुगेका छन् ।

अधिकांश विद्यालय र अन्य सार्वजनिक सेवाहरू बन्द भएको बीबीसीले जनाएको छ । फ्रान्सका प्रधामन्त्री एलिजाबेथ बोर्नले यसै महिनाको सुरुमा उल्लेख गरेका प्रस्तावहरूअन्तर्गत आगामी सन् २०२७ देखि कुनै पनि सरकारी कर्मचारीले पूर्ण निवृत्तिभरणको लागि योग्य हुन ४३ वर्ष काम गर्नु पर्नेछ ।

यो अनिवार्य सेवा अवधि अहिले ४२ वर्ष रहेको छ । यसै साता आईएफओपीले गरेको सर्वेक्षणअनुसार सरकारले यो सुधार कार्यक्रमले फ्रान्सको सेयर–आउट पेन्सन सिस्टमको सुरक्षा गर्ने भन्दै स्वागत गरेको छ भने ६८ प्रतिशत जनता यसको विपक्षमा उभिएका छन् ।

images
प्रकाशित मिति :माघ ६, २०७९ शुक्रवार - १०:०७:२३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology