Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना तयारी गोष्ठी

रत्ननगरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना तयारी गोष्ठी

रत्ननगरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा दिगोपना तयारी गोष्ठी

रत्ननगर । स्वास्थ्य कार्यालय चितवनको आयोजना एवं रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा स्थानीय तहस्तरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपना सरसफाइ प्रवद्र्धनसम्बन्धी एकदिने तयारी गोष्ठी सम्पन्न भएको छ।  

images

रत्ननगर नगरपालिकाका १६वटै वडाका स्वास्थ्य केन्द्र प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नगरपालिकाभित्र एक वर्षभित्रमा भएका खोप कार्यक्रमको उपलब्धि र स्वास्थ्य गतिविधि प्रस्तुत गरेका थिए। 

गोष्ठीमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईं, वरिष्ठ क्षयकुष्ट अधिकृत जयराम दुवाडी, खोप प्रमुख वेदप्रसाद अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए। उनीहरुले पूर्ण खोप दिगोपनाका लागि १६ महिनादेखि २३ महिनाभित्रका सबै बालबालिकामा १३ किसिमका खोप लगाउनुपर्ने बताए।

वडातहदेखि स्थानीय सरकार र जिल्लातहमा स्वास्थ्य कार्यालय चितवनले आवश्यक समन्वय गरी चितवनलाई वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि सबैको सक्रिय सहभागिता र जवाफदेहिता आवश्यक रहेको बताए। उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक तथा वडाध्यक्षहरुको सहभागिता रहेको थियो। 

images
प्रकाशित मिति :माघ ३, २०७९ मंगलवार - २१:०८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology