Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

माघ २८ देखि स्व. दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल

माघ २८ देखि स्व. दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल

images

इच्छाकामना न्युज

२४, पौष २०७९
माघ २८ देखि स्व. दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल
images
चितवन । स्वर्गीय दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल माघ २८ गतेदेखि हुने भएको छ। चितवन भेट्रान फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताका खेलहरु भरतपुर १० स्थित गेष्टहाउस चौरमा फागुन ४ गते गतेसम्म चल्नेछ। 

प्रतियोगितामा नेपाल र भारतका १६ क्लब सहभागी हुनेछन्, जसमा चितवन रातो र निलो गरी दुई, नेपालका अन्य १२, भारतको देहरादुन र कोलकाता सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिने क्लबका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए। प्रतियोगिताभरको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले पाँचपाँच हजार प्राप्त गर्नेछन्। हरेक खेलको म्यान अफ दी म्याचले एक हजार ५०० प्राप्त गर्नेछन्। 

प्रतियोगिता सम्पन्न गर्न ११ लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता तयारी सुरु भएको क्लबका सचिव भरत सुवेदीले जानकारी दिए। स्व दिलीप राणाका छोरा अभिनय राणाले प्रतियोगिता सफलताको कामना गरे। स्व राणा पूर्वस्थानीय फुटबल खेलाडी हुन्। 

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - १९:४१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology