काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ११ क्लबले नाम दर्ता गराएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आजसम्म क्लब दर्ताको लागि समय तोकेको छ । तर अहिलेसम्म ११ क्लबले मात्र नाम दर्ता गराएकाहुन् । ‘ए’ डिभिजन लिगमा १४ क्लब छन् ।
दर्ता गरेका ११ मध्ये १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका पनि एन्फाले जनाएको छ ।शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ ।