Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्दे गाँउपालिकामा जग्गाको कित्ताकाट खुल्यो

तनहुँको म्याग्दे गाँउपालिकामा जग्गाको कित्ताकाट खुल्यो

बि.बि. श्रेष्ठ

२१, पौष २०७९
तनहुँको म्याग्दे गाँउपालिकामा जग्गाको कित्ताकाट खुल्यो
images

तनहुँ । म्याग्दे गाँउपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । जग्गाको वर्गिकरण सम्पन्न भएसँगै जग्गाको कित्ताकाट खुेलको हो ।

images
images

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले तनहुँ मालपोत कार्यलयका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्ण प्रसाद आचार्य, जिल्ला समन्वय समितीका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, लाई वर्गिकरण पुस्तक तथा पत्र हस्तान्तरण गर्नुभएको थियो ।  यो सँगै म्याग्दे गाँउपालिका तनहुँमा जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका वनेको छ । २०७९ श्रावण वाट रोकिएको जग्गाको कित्ताकाट अव म्याग्दे गाँउपालिकामा खुलेको तनहुँ मालपोत कार्यलयका प्रमुख चिरञ्जीवी पौडेलले वताउनुभयो । 

भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको च.नं ४६९ मिती २०७९।२।२७, च.न. १६१ मिती २०७९।४।३१, च.न. २५८ मिती २०७९।५१९ र च.न. ४६९ मिती २०७९।८।११ को परिपत्र वाट प्राप्त निर्देशन साथै भुउपयोग ऐन २०७६ को दफा ४ तथा भुउपयोग नियमावली २०७९ को नियम ५, अनुसुचि १ मा भएको व्यवस्था समेतको आधारमा म्याग्दे गाँउपालिकाले विभिन्न चरण पार गरि म्याग्दे गाँउपालिका भित्रको जग्गा वर्गिकरण गरी स्थानिय भूउपयोग परिषद वाट स्विकृत गरी कार्यन्वयनको लागी वर्गिकरण पुस्तक संलग्न गरि नापी कार्यलय तनहुँ, मालपोत कार्यलयमा तनहुँ, श्री संघिय भुउपयोग परिषद (भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सिंहदरवार), श्री नापी विभाग मिनभवन काठमाण्डौ, श्री प्रदेश भुउपयोग परीषद (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरीवी  निवारणमा पत्र पठाईको म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिृत नारायण प्रसाद अधिकारीले वताउनुभयो । 

यो सँगै म्याग्दे गााउपालिकाको गाँउ कार्यपालिकाले वनाएको स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) तथा उपदफा (३) वमोजिम आम नागरिकको जानकारीको लागी स्खण्ड ६, संख्या १, मंसिर २३ गते २०७९ को स्थानिय राजपत्रमा समेत प्रकाशित भएको छ । 

प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेलले म्याग्दे गाँउपालिकाले भूमि व्यवस्था सहकारी तथा गरीवी मन्त्रालयको निर्देशन समयमा नै पुरा गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । आम जनताको चासो तथा सरोकारको विषयमा म्याग्दे गाँउपालिकाले देखाएको क्रियाशिलताले खुशी लागेको छ, मालपोत अधिकृत पौडेलले वताउनुभयो । तनहुँ जिल्लाको अन्य पालिकाले पनि जग्गाको वर्गिकरण अविलम्व गरि जनताको चासोलाई सम्वोधन गर्न आग्रह गर्नुभयो । 

जग्गाको वर्गिकरण सँगसगै अव गैरकृषि क्षेत्रमा ४ आना १ पैसा र कृषि क्षेत्रमा २ रोपनी जग्गाको कित्ताकाट गर्न वाटो खुलेको छ । यो निर्णय कार्यन्वयन सँगै पालिका भित्र जग्गाको कित्ताकाट रोकिएको आम जनतालाई ठुलो राहत पुग्ने गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वताउनुभयो । पालिका आम जनताको समस्या समाधानमा प्रयत्नशिल छ, यसको शुरुवात भएको छ, श्रेष्ठले वताउनुभयो । 

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - २१:२८:५३ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology