Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क बने संसारकै धनाढ्य

टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क बने संसारकै धनाढ्य

इच्छाकामना न्युज

२४, पौष २०७७
टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क बने संसारकै धनाढ्य

काठमाण्डौं, २४ पौष । 
टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्क संसारका सर्वाधिक धनि व्यक्ति बनेका छन्। 
अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै एलन मस्क संसारकै धनाढ्य व्यक्ति हुन सफल भएका हुन् । एलन मस्कको कूल सम्पत्ति १८८ बिलियन अमेरिकी डलरभन्दा बढी भएको छ जुन अमेजनका संस्थापक जेफ बेजोसको कूल सम्पत्ति १८७ भन्दा एक बिलियन डलर बढी छ ।

images

यो सफलतापछि उनले ट्वीटरमा ‘कस्तो अचम्म’ भन्दै एक ट्वीट गरेका छन् । पछिल्लो समय टेस्लाको शेयर मूल्यमा आएको वृद्धिले मस्कलाई यो सफलता मिलेको उल्लेख गरिएको छ ।

ब्लुम्बर्गको पछिल्लो इन्डेक्स अनुसार मस्कको सम्पत्ति बेजोसको तुलनामा ३ बिलियन डलर बढी छ ।यो सूचीमा माइक्रोसफ्टका बिल गिट्स १३२ बिलियन डलर सहित तेस्रो स्थानमा छन् ।

 

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - १०:२१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology