Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै त्रिभुवन विश्वविद्यालय

नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै त्रिभुवन विश्वविद्यालय

images

इच्छाकामना न्युज

२१, पौष २०७९
नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै त्रिभुवन विश्वविद्यालय
images

सजना तिमल्सिना, काठमाडाँैं । त्रिभुवन विश्वविद्यालय नतिजा प्रकाशन प्रणालीका कारण बदनाम बन्दै गएको छ । त्रिवि नेपालमा रहेका ९ वटा विश्वविद्यालय मध्ये सबैभन्दा पुरानो, देशभर विस्तार भएको र सर्वसुलभ विश्वविद्यालय हो । जहाँ ९ सङ्काय अन्तर्गत ४० केन्द्रीय विभाग, ६२ वटा आङ्गिक क्याम्पस र १ हजार ६२ सम्वद्ध विभिन्न विषयका क्याम्पसहरूमा ८ लाख विद्यार्थी अध्ययनरत छन् । तर त्रिविले समयमै नतिजा प्रकाशन गर्न सकेको छैन । 

नतिजा समयमा नआउँदा विदेशमा पढ्न जाने बाटो रोकिएको छ भने रोजगारीको अवसरबाट पनि बञ्चित हुनुपरेको विद्यार्थीहरूको गुनासो छ । त्रिविमा अध्ययनरत विद्यार्थीले ६ महिना पढेको एक समेस्टरको नतिजाको लागि झण्डै डेढ वर्षम्म कुर्ने गरेका छन् । अहिले मानविकी र व्यवस्थापन सङ्कायको चौथो सेमेस्टरको परीक्षा दिएर बसेकाहरू नतिजाको पर्खाइमा छन् ।

नियमित समयमा नतिजा सार्वजनिक भएको भए ४ महिना मै विद्यार्थीले आफ्नो नतिजा थाहा पाइसक्नुपर्ने थियो । तर अझै पनि नतिजा सार्वजनिक भएको छैन । सह परीक्षा नियन्त्रक  डा. घनश्याम ठाकुरले कोरोना महामारीसँगै कर्मचारी अभावका कारण समयमा नतिजा प्रकाशन गर्न नसकिएको बताउनुभयो ।

समयमा नै नतिजा प्रकाशित नहुँदा विश्वविद्यालयको गरिमा नै खस्कने भएकाले यसमा ध्यान दिन विद्यार्थीहरूको सुझाव छ । नतिजा प्रकाशनमा ढिलाई हुँदा नयाँ भर्नामा समेत प्रभाव परिरहेको छ । एक त राजनीति हावी हुने र पढाइ नै कम हुने अर्को परीक्षा र नतिजा समयमा नहुने भन्दै त्रिवि प्रति विद्यार्थीको आकर्षण नै कम हुन थालेको छ । 

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - १०:२०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology