Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिक विष्णुप्रसाद श्रेष्ठ रत्ननगरमा सम्मानित

युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिक विष्णुप्रसाद श्रेष्ठ रत्ननगरमा सम्मानित

इच्छाकामना न्युज

२१, पौष २०७९
युवतीलाई बलात्कृत हुनबाट जोगाउने साहसिक भूपू सैनिक विष्णुप्रसाद श्रेष्ठ रत्ननगरमा सम्मानित

रत्ननगर । भारतीय सेनाबाट सेवानिवृत्त भई स्वदेश फर्किने क्रममा रेलमा ४० जनाको डाँका समूहसँग प्रतिकारगरी एउटी युवतीलाई बलात्कार हुनबाट जोगाउने भारतीय सेनाका भूपू सैनिक पोखरा-६ लेखनाथका विष्णुप्रसाद श्रेष्ठलाई रत्ननगर नगरपालिकाले बुधबार सम्मान गरेको छ ।

images

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले श्रेष्ठलाई सम्मान गर्दै वीर गोर्खालीको इतिहास रच्न सफल भएकोमा बधाई तथा सुखद् भविष्यको कामना गरे । सोही अवसरमा विष्णुप्रसाद श्रेष्ठका श्रीमती सीता श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा भूपू सैनिक कल्याणकारी क्लब रत्ननगरले पनि भूपू सुवेदार श्रेष्ठलाई सम्मान गरेको थियो । क्लबका अमृत मल्लले संकटको समयमा श्रेष्ठले देखाएको बहादुरी इतिहासको पानामा रहिरहने बताए ।

सम्मानित व्यक्तित्व श्रेष्ठले आफ्नो अनुभव यसरी सुनाए, ‘जब म भारतीय सैनिकबाट अवकास लिएर सन् २०१० सेप्टेम्बर २ मा घर फर्किँदै थिएँ । रातिको १२ बजे रेलमा लुटपाट मच्चियो । एउटी एमबिबिएस पढिरहेकी युवतीले ‘भैया मुझे बचाओ’ भनेर अनुनय विनय गरिन् । मानवीय भावनाले मेरो हृदय भरिएर आयो । मेरो आँखाले एउटी अबला नारी लुटिएको टुलुटुलु हेर्न सकेन । मेरो शरीरमा रगत उम्लियो अनि कम्मरको खुकुरी निकालेर तीन जनालाई छप्काएँ । छ जना गम्भीर घाइते भएर ढले । आधाघन्टाको भिडन्तपछि रेल जंगलमा रोकिएको थियो । डाँकुहरुलाई भगाउन सफल भएपछि तिनै युवतीले मिडियाहरुमा अन्तर्वार्ता दिइन् । अनि घर फर्किन लागेको मेरो आठ वर्ष सेवा अवधि थप भयो । सेनाबाट मेडल र राष्ट्रपतिबाट उत्तम जीवन रक्षक सम्मान पाएँ ।’

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - ०९:२०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology