Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

शिक्षा

चितवनमा प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण

चितवनमा प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण

images

रासस

२०, पौष २०७९
चितवनमा प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण
images

चितवन । स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ। चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो। मङ्गलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ। 
 
परम्परागतरूपमा सञ्चालित परीक्षा प्रणालीलाई सुधार गर्ने कार्ययोजनाअनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। शैक्षिक मूल्याङ्कनलाई खास स्तरको मापदण्डमा पुर्‍याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउन स्तरीय  परीक्षा प्रश्न निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले स्तरीय परीक्षा आगामी वर्षदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको उनले बताए। यसका लागि प्रश्न निर्माणसम्बन्धी तालिम देशभर सञ्चालन गरी सात सय ५३ स्थानीय तहका शिक्षकलाई तालिम नै प्रदान गरिने योजना रहेको  छ। 

स्तरीय परीक्षण निर्माणमा विज्ञको समूहबाट प्रश्नपत्र निर्माण,सुधार, पूर्वपरीक्षण, उपयुक्त प्रश्न छनोट, प्रश्न बैंक निर्माण, समरुप परीक्षण तथा परीक्षा सञ्चालनजस्ता कुरा पर्दछन्। स्तरीय परीक्षामा निर्माण गरिएका प्रश्न वैध र विश्वसनीय हुने शैक्षिक गुणस्तर परीक्षा केन्द्रका श्यामप्रसाद आचार्यले बताए। उनले वैधता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्र प्रयोग गरी परीक्षा सञ्चालन गरिने बताए। 
 
कार्यशालामा सहभागी ३३ जिल्लाका अङ्ग्रेजी, गणित र विज्ञान विषयका एक एक जना प्रशिक्षकको उपस्थिति रहेकामा बागमती प्रदेशका १३, गण्डकीका ११, लम्बिनीका छ, मधेस प्रदेशका तीन जिल्लाका प्रशिक्षक सहभागी छन्।  तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा अङ्ग्रेजी विषयमा डा टीकाराम भट्ट र पशुराम तिवारी, गणित विषयमा रमेशप्रसाद अवस्थी तथा विज्ञान विषयमा जयप्रकाशलाल श्रीवास्तव र खिलनारायण श्रेष्ठले प्रशिक्षण दिनेछन्। 

images
प्रकाशित मिति :पौष २०, २०७९ बुधवार - १०:२८:५६ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology