Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने

चितवन महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने

इच्छाकामना न्युज

१९, पौष २०७९
चितवन महोत्सवको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्ने
images

चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुन लागेको १४औँ संस्करणको चितवन महोत्सवको उद्घाटन गर्न नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेल आउने भएका छन् । महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले आज नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुस २५ गते अर्थमन्त्री पौडेलले महोत्सवको उद्घाटन गर्ने जानकारी दिइएको हो ।

images
images

पत्रकार सम्मेलनमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवनको पहिचान, यहाँको बहुआयामिक विविधता, पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटनको उत्कृष्ट गन्तव्य चितवन हो भन्ने विषयमा महोत्सव केन्द्रित रहने जानकारी दिए । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पोल्ट्री तथा उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुने श्रेष्ठले जानकारी दिए । यसवर्षको महोत्सवमा सात वटा विशेष स्टल, डोम, र कृषि परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसर, मेड इन नेपाल परिसर र घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेष्टुरेन्ट परिसर सहित ४५० वटा स्टलहरु रहने श्रेष्ठको भनाइ छ । महोत्सवमा राखिने सम्पूर्ण स्टलहरुको बीमा गरिएको श्रेष्ठको भनाइ छ ।

दश दिनसम्म सञ्चालन हुने महोत्सवमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरुको भेषभूषा, कला संस्कृति झल्कने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, प्रतियोगितात्मक कृषिउपजको प्रर्दशनी रहने श्रेष्ठले बताए ।

चितवन महोत्सव अन्तर्गत परम्परागत खानाको प्रवद्र्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबलको आयोजना गरिने अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै पुस २९ देखि माघ ३ गतेसम्म कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रहि विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिने श्रेष्ठले जानकारी दिए । महोत्सवमा फर्न पार्क सञ्चालन गरिने भन्दै श्रेष्ठले महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपद्लाई मध्येनजर गर्दै महोत्सव अवधीभर एम्बुलेन्सको व्यवस्था, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रमहरु हुने श्रेष्ठले बताए ।

यसपटकको महोत्सवमा मौरी र तोरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मौरीको प्रतीमा सहित तोरीबारीको निर्माण गरि कृषि कर्मतर्फ आकर्षित गर्न लागेको श्रेष्ठको भनाइ छ । चितवन महोत्सव २०७९ मा कलात्मक प्रवेशद्वारका साथै कलात्मक आकृतिहरु निर्माण गरिने श्रेष्ठले बताए । स्थानीय प्रशासनको सहकार्यमा सुरक्षा व्यवस्था मजबुत पारिनुका साथै महोत्सवस्थलमा सिसिटिभी क्यामेराबाट २४ सै घण्टा निगरानी गरिने उनले बताए । महोत्सव परिसरमा फ्रि वाईफाईको व्यवस्था गरिनुका साथै अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिलालाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीका लागि रु ३० को टिकटको व्यवस्था गरिएको श्रेष्ठले बताए ।

आन्तरिक तथा बाह्य पर्यटक सहित करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा राखेको आयोजकले महोत्सव अवधिभर करिब रु २५ करोडको कारोबार हुने अनुमान गरेको छ ।

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - १३:५४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology