Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गण्डकी विशेष

गोरखाको गण्डकी गाउँपालिकामा एनआईसी लघुवित्तका कर्मचारीद्वारा ऋणी माथि हातपात

गोरखाको गण्डकी गाउँपालिकामा एनआईसी लघुवित्तका कर्मचारीद्वारा ऋणी माथि हातपात

images

पत्रपत्रिका

१८, पौष २०७९
गोरखाको गण्डकी गाउँपालिकामा एनआईसी लघुवित्तका कर्मचारीद्वारा ऋणी माथि हातपात
images

भुम्लिचोक । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारीले ऋणी माथि हातपात गरेको छ । ऋण तिर्ने बिषयमा विवाद बढ्दै गएपछि सो लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङले संस्थाका ऋणी गण्डकी गाउँपालिका ६ लुप्राङकी डल्लीमाया चेपाङ माथि हातपात गरेको हो ।

‘भनाभन भइरहेको थियो । जगत सर ममाथि झम्टिन आउनुभयो । मेरो कपाल र कुममा समात्नु भयो’, ४८ बर्षीया चेपाङले भनिन्, ‘अनि शोभा मिसले यसो गर्नुहुदैन भन्दै कराउँदै आउनु भयो । अनि मैले पनि उहाँको हात छुटाएर धकेल्दिएको हुँ । मलाई आफ्नो श्रीमानले त हातपात गर्नुभएको छैन । अरु मान्छेले हात हाल्न पाउँछ ?’ जथाभावी मुख पनि छाडेको, हात पनि छाडेको उनको गुनासो छ ।

उनले कोरोना लकडाउनभन्दा अघि सो लघुवित्तबाट तीनलाख रुपैयाँ ऋण लिएकी थिइन् । तरकारी बेचेर नियमित किस्ता तिरिरहेकी उनले लकडाउन सुरु भएपछि किस्ता तिर्न नसकेको बताउँछिन् । ‘तरकारी बेचेर किस्ता तिरिरहेको थिएँ । लकडाउन भएपछि तरकारी बिक्न छोड्यो अनि किस्ता तिर्न सकिन’, उनी भन्छिन्, ‘उनीहरुले कालोसूचीमा राखे । अनि जहिले पनि बाटामा भेटे बाटामा, घाटमा भेटे घाटमा, कहिले झुण्डेर मर् भन्छन्, कहिले त्रिशुलीमा हाम्फालेर मर् भन्छन् । पोल–पोलमा तेरो फोटो झुण्ड्याएर बेइज्जत गर्छौँ भन्छन् ।’ छोरा विदेश जान लागेको छ । विदेशबाट पैसा पठाउँछ अनि तिर्छु भन्दा पनि नमानेको उनको भनाइ छ ।

मिटरव्याजी साहुको ऋण तिर्न लघुवित्तबाट ऋण लिने र लघुवित्तको ऋण तिर्न फेरि साहुसित मिटर ब्याजमा ऋण लिने गर्दा आफूहरुको अबस्था नाजुक हुदै गएको उनको भनाइ छ । दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०८:२८:११ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology