Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरद्वारा विद्यार्थीलाई न्यानो कपडा

भरतपुर महानगरद्वारा विद्यार्थीलाई न्यानो कपडा

इच्छाकामना न्युज

१४, पौष २०७९
भरतपुर महानगरद्वारा विद्यार्थीलाई न्यानो कपडा

चितवन । भरतपुर महानगरपालिकाले साना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। अत्याधिक चिसो बढेसँगै महानगरपालिकाभित्रका साना विद्यार्थीलक्षित कार्यक्रम सुरु गरिएको हो। सुरुवाती चरणमा बिहीबार भरतपुर महानगरपालिकाको वडा नम्बर २८ स्थित आधारभूत विद्यालय सीसाबासबाट न्यानो कपडा वितरणको कार्यक्रम थालेको हो। महानगर प्रमुख प्रमुख रेनु दाहालले कार्यक्रमको सुरुवात गरेकी हुन्। 

images

उक्त कार्यक्रमले भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउनमा टेवा पुग्ने नगर प्रमुख दाहालले बताइन्। चिसोका कारण विद्यालय जानबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको उनको भनाइ छ।

महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार पहिलो चरणको न्यानो कपडा वितरण कार्यक्रममा साना विद्यार्थीहरुलाई एक थान ट्रयाक सुट र ऊनको टोपी वितरण गरिएको हो। यसवर्ष एक हजार ५०० विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको उनले बताए। महानगरले बिहीबारमात्रै ९८६ जना विद्यार्थीलाई न्यानो कपडा बाँडेको छ। 

भरतपुर–६ को देवज्योति आधारभूत विद्यालयका ११४, वडा नम्बर १३ को आधारभूत विद्यालय ब्रहमपुरीका ५८, वडा नम्बर १७ को आधारभूत विद्यालय लगौटाका १२२, १८ को आधारभूत विद्यालय भवनवस्तीका ११३ जना विद्यार्थीले न्यानो कपडा पाए।

यस्तै वडा नम्बर २१ को आधारभूत विद्यालय रंगीलाका ८९ तथा आधारभूत विद्यालय सीतापुरका ३४ जना विद्यार्थीले पनि न्यानो कपडा पाए। यस्तै वडा नम्बर २३ को आधारभूत विद्यालय घैलाघारी, वडा नम्बर २६ को जनमासिंह आधारभूत विद्यालयका ५० र वडा नम्बर २७ को काजीमान आधारभूत विद्यालयका ८४ जनाले पनि न्यानो कपडा पाएका छन्।

महानगरभित्र ११६ वटा सामुदायिक विद्यालय छन् भने ९७ वटा संस्थागत विद्यालय छन्। ७३ वटा आधारभूत तहका विद्यालय छन्। महानगरले विगत ४ वर्षदेखि विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्दै आएको छ। 

images
प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - १९:२८:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology