Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटका दुई अधिकृतमाथि स्थानीयको आक्रमण

देवघाटका दुई अधिकृतमाथि स्थानीयको आक्रमण

images

इच्छाकामना न्युज

११, पौष २०७९
देवघाटका दुई अधिकृतमाथि स्थानीयको आक्रमण
images

देवघाट । देवघाट गाउँपालिका वडा नं।३ का स्थानीयले गाउँपालिकाका दुई कर्मचारीमाथि दुव्र्यवहार गरेका छन् । छिपछिपेका स्थानीयले सोमबार लेखा अधिकृत उमानाथ ढकाल र सहायक लेखा अधिकृत सञ्जय शर्मामाथि कार्यकक्षमै दुव्र्यवहार गरेका हुन् । दुवैजना कर्मचारीमाथि स्थानीयले कालोमोसो दलेका थिए । 


गाउँलेको हरेक कृयाकलापमा दुःख दिने र गाउँपालिकाभित्र अनियमितता गरेको भन्दै स्थानीयले दुई कर्मचारीमाथि दुव्र्यवहार गरेका हुन् । कर्मचारीमाथि दुव्र्यवहार भएपछि इलाका प्रहरी कार्यालय देवघाटले सुरक्षा दिएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । 


छिपछिपे भञ्ज्याङ सोलार लिफ्टिङ खानेपानी आयोजनामा गाउँपालिकाबाट दिनुपर्ने सात लाख रूपैयाँ रोक्का गरेको स्थान्ीयको आरोप छ । आयोजना सम्पन्न भइसक्दा पनि बजेट निकासा नगरिदिँदा गाउँले आजित भइसकेको स्थानीयको भनाइ छ । छिपछिपेबाट देवघाटसम्म आइपुग्नको लागि तीनवटा सवारीसाधन परिवर्तन गरेर आउनुपर्ने बाध्यता छ । 

तैपनि लेखा अधिकृतले स्थानीयलाई विभिन्न बहाना बनाएर दुःख दिने गरेको स्थानीय छिपछिपे टोल विकास संस्थाका अध्यक्ष रवीन्द्र गुरूङले जानकारी दिए । उनका अनुसार छिपछिपेमा खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि भुक्तानी रोकिएको थियो । गत आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने रकम नयाँ आर्थिक वर्षको साढे चार महिना बितिसक्दासमेत नदिएपछि गाउँले आक्रोशमा आएको उनले बताए । 


गाउँपालिकाबाट सात लाख, रोटरी क्लबको ४१ लाख ४४ हजार १३१, सहमति संस्थाबाट चार लाख र जनसहभागीताबाट तीन लाख गरी कुल ५५ लाख ४४ हजार १३१ रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो । गैरसरकारी संस्थबाट हुनुपर्ने भुक्तानी समयमै आए पनि गाउँपालिकाबाट एक रूपैयाँ पनि नदिएपछि स्थानीय आजित भएको अर्का स्थानीय धनकुमार गुरूङ बताउँछन् । 


उक्त आयोजना गत वर्ष चैत मसान्तमै सम्पन्न भइसकेको थियो । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतको टोलीले समेत उक्त आयोजनाको अनुगमन गरिसकेको थियो । गाउँपालिकाको अध्यक्ष र कार्यकारी अधिकृतबाट समेत पास भइसकेको बजेट लेखामा गएर रोकिएको स्थानीयले बताउँदै आएका छन् ।

images
प्रकाशित मिति :पौष ११, २०७९ सोमवार - २१:४५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology