Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड

इच्छाकामना न्युज

११, पौष २०७९
तेस्रो पटक प्रधानमन्त्री बने प्रचण्ड


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा ७६ ९२० बमोजिम एमालेसहित सात दलको समर्थनमा आइतबार उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

images

सोमबार अपरान्ह ४ बजे राष्ट्रपति भवन शितल निवासमा विशेष समारोहबीच उनलाई पथ तथा गोपनीयताको सपथ लिए । पद तथा गोपनियताको सपथ लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले औपचारिक रूपमा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गरे ।राजनीतिमा असम्भव केही हुँदैन भन्ने उक्ति योपटक पनि शीर्ष नेताहरूले प्रमाणित गरेका छन् ।

१७ महिनाअघि ओलीलाई बालुवाटारबाट बालकोट पठाउन मुख्य भूमिका खेलेका उनै प्रचण्ड आइतबार ओलीको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए । अघिल्लो निर्वाचनमा वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा भाग लिएका यी दुई नेता निर्वाचनपछि नेकपाका अध्यक्ष भएका थिए । तर प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार नभएपछि तत्कालीन माधव समूहसँग मिलेर उनले ओली सरकार ढालेका थिए ।

ओली–प्रचण्डबीचको तिक्ततापूर्ण सम्बन्धका कारण नेकपा हुँदै एमालेसमेत विभाजन भएको थियो । ओली सरकारबाट बाहिरिएको दुई वर्षपछि प्रचण्ड र ओलीको पुनर्मिलन भएको छ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस संघ र सबै प्रदेशमा प्रतिपक्षमा पुगेको छ ।

राजनीतमा प्रचण्डको छलाङ

समकालीन राजनीतिका चतुर खेलाडी ओली–प्रचण्डको पुनर्मिलनले नेपालको राजनीति तरंगित भएको छ । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचमा गठबन्धन बनाएका देउवा–प्रचण्डको समीकरण भत्किएको छ । ओली–प्रचण्डको नयाँ सत्ता समीकरण बनेको छ ।

देउवा–प्रचण्ड सत्ता समीकरणबाट प्रधानमन्त्री को बन्ने भन्ने विषयमा कुरा नमिल्दा देउवाको साथ छाडेर प्रचण्ड ओलीसँग मिल्न गएका हुन् ।देउवालाई जिल्लाउँदै आइतबार उनी तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भए । अघिल्लो निर्वाचनअघि उनी देउवाकै सहयोगमा दोस्रोपटक प्रधानमन्त्री भएका थिए । स्थानीय तहको निर्वाचन उनकै नेतृत्वमा भएको थियो ।

२०५२ सालदेखि १० वर्ष लामो सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड २०६२ मा भएको १२ बुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका थिए । त्यही १२ बुँदे सहमतिको जगमा २०६२र०६३ मा दोस्रो जनआन्दोलन भएको थियो । सोही आन्दोलनका कारण २४० वर्ष लामो नेपालको राजतन्त्र अन्त्य भएको थियो ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा २३८ सिटसहति माओवादी पहिलो दल बन्न सफल भयो । संघीय गणतन्त्र नेपालका उनी पहिलो प्रधानमन्त्री बन्न सफल भए । वि।सं २०११ साल मंसिर २६ मा कास्कीको ढिकुर पोखरीमा जन्मिएका प्रचण्ड हाइस्कुल अध्ययनदेखि नै राजनीतिमा सक्रिय थिए । छिमेकी धनबहादुर विश्वकर्माको प्रेरणाबाट कम्युनिष्ट राजनीतिमा अकर्षित भएका उनी कम्युनिष्ट नेता रुपलाल विश्कर्माको सम्पर्कमा आएका थिए ।

०२८ मा पुष्पलाल समूहबाट राजनीति जीवन प्रारम्भ गरेका प्रचण्डले ०३५ मा नेकपाको सदस्यता लिएका थिए । सोही बेलादेखि नै उनले भूमिगत राजनीति सुरु गरेका थिए । ०३९ मा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद भएपछि उनी सिंहतिर लागेका थिए । मसालको महामन्त्री रहेका सिंह र मोहन वैद्यबीचमा फाटो आएपछि वैद्यसँग नजिकिएका प्रचण्ड ०४५ चैत १९ मा सेक्टर काण्डबाट नेतृत्वमा उदाएका थिए ।

सेक्टर काण्डबाट महामन्त्रीमा उदाएका उनी त्यसयता ३२ वर्षसम्म निरन्तर अध्यक्षको भूमिकामा रहेका छन् । वैद्य नेतृत्वको मशाल ९मोटो मशाल० ले ०४५ चैत १९ मा काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोत्यो । केही प्रहरी चौकीमा आक्रमण पनि ग(यो । ०४४ मा तत्कालीन पञ्चायती सरकारले गर्न लागेको चुनावलाई असफल बनाउन ०४५ चैत १९ मा घटाइएको सोही काण्डलाई सेक्टर काण्ड नामले चिनिन्छ ।

राजनीतिक वृत्तका जानाकारहरूले सेक्टर काण्डलाई कमजोर तयारीमा चालिएको अपरिपक्क कदम भएको टिप्पणी गरेका छन् । जसमा जिम्मेवार ठहराउँदै पार्टीले दर्जनौं कार्यकतालाई कारबाही ग(यो भने नेताहरूलाई आत्मालोचना गराएर छाड्यो । यतिलेमात्र घटना सामसुम हुन सकेन ।

राज्यपक्षले जिल्लास्तरका कार्यकर्ताहरूलाई धरपकट गर्ने र यातना दिनेक्रम बढ्दै गयो । नेताहरू पहिल्यै भूमिगत भएकाले सरकारी कारबाहीबाट बच्न सफल भए । तर, यस घटनाले पार्टीभित्र गम्भीर विवाद उत्पन्न भयो । नेताहरूलाई किन कारवाही नगर्ने भन्नेबारे पार्टीमा विवाद उत्कर्षमा चल्यो ।

अन्ततः ०४६ कात्तिकमा चितवनमा भएको केन्द्रीय कमिटी बैठकले सेक्टर काण्डलाई एक भुलको रुपमा लियो । महामन्त्री वैद्यकै प्रस्तावअनुसार त्यसमा संलग्न नेताहरूको एक–एक पद घटुवा गर्ने निर्णय ग(यो । बैठकको निर्णयबमोजिम वैद्य महामन्त्रीबाट पोलिटब्युरो सदस्यमा झरे भने पोलिटब्युरो सदस्यहरू केन्द्रीय सदस्य र केन्द्रीय सदस्य क्षेत्रीय सदस्यमा घटुवा भए । सेक्टर काण्डमा नफसेका नेता प्रचण्ड महामन्त्री भए । त्यतिबेला उनी ३५ वर्षका मात्र थिए ।

मशालको कमाण्ड आफ्नो हातमा आएपछि प्रचण्ड ०४६ को जनआन्दोलनपछि विभिन्न चार वामघटक मिलेर बनेको नेकपा ९एकता केन्द्र० को महामन्त्रीसमेत बनेका थिए । वैद्यकै भनाइअनुसार निकै चतुर र तिक्ष्ण बुद्धी भएका प्रचण्डले एकपछि अर्को गर्दै राष्ट्रिय राजनीतिमा आफ्नो पकड बनाउँदै लगे । ०५१ सालमा एकता केन्द्र विभाजन भएपछि प्रचण्डले माओवादी समूह बनाएका थिए ।

माओवादी सशस्त्र युद्ध थाल्नुअघि प्रचण्डलाई देव गुरुङले मनाङस्थित घरबाट एउटा राइफल दिए । यस्तै लेखराज भट्टले दिएका पेस्तोल र केही थान जिलेटिन लिएर उनी गोरखा पुगे । त्यहाँ गएर हतियार चलाउन सिकाएका प्रचण्डले ०५२ साल फागुन १ गते देशभर युद्धको घोषणा गरे । ०५७ मा भएको नेकपा ९माओवादी०को राष्ट्रिय सम्मेलबाट एकल अध्यक्ष भएका प्रचण्ड ०५८ मा जनमुक्ति सेनका सर्वोच्च कमाण्डर बने । प्रचण्डको नेतृत्वमा १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन भयो ।

०६२ मंसिर ५ मा तत्कालीन सात दल र माओवादीबीच भारतको दिल्लीमा भएको १२ बुँदे सहमतिपछि उनी खुला राजनीतिमा आए । ०६९ मा हेटौंडा महाधिवेशनमार्फत पार्टीभित्र शक्ति सन्तुलन मिलाउन प्रचण्ड आफ्नै नेतृत्वमा बहुपदीय प्रणालीमा गएका थिए । त्यसपछि तत्कालीन एकीकृत माओवादीले लिएको कार्यदिशा मन नपरेपछि वैद्य पार्टीबाट अलग भए । त्यसयता, पार्टी विभिन्न आरोह–अवरोहपूर्ण अवस्थामा गुज्रिरहेको छ ।

०७५ जेठ ३ मा नेकपा ९एमाले० र माओवादी केन्द्रबीच पार्टी एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को दुई अध्यक्षात्मक प्रणालीमा प्रचण्ड दोस्रो अध्यक्ष भएका थिए । तर, तीन वर्ष नबित्दै सर्वोच्च अदालतले नेकपा बदर गरिदिएपछि माओवादी केन्द्र ब्यूँतियो । त्यसपछि पुनः सो पार्टीको अध्यक्ष प्रचण्ड नै भए ।

गतवर्ष पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनले प्रचण्डलाई नै पुनः पाँच वर्षका लागि अध्यक्षमा सर्वसम्मत बनाउने निर्णय गर्यो । यसरी प्रचण्डले झण्डै चार दशकसम्म निरन्तर नेतृत्व गर्न सफल भएका छन् । उनी संसदीय राजनीतिमा आएको १५ वर्षमा दुईपटक संविधानसभा सदस्य, दुईपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित भए । २०७४ भएको वाम गठबन्धनबाट उनी गृहजिल्ला चितवन–३ बाट निर्वाचित भए । मंसिर ४ मा भएको निर्वाचनमा चितवन छाडेर गोरखा–२ बाट निर्वाचनमा विजयी भए ।

images
प्रकाशित मिति :पौष ११, २०७९ सोमवार - २१:२८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology