Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रचण्ड नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल

प्रचण्ड नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल

प्रचण्ड नेम्वाङबीच वामपन्थी सरकार बनाउन छलफल

काठमाण्डौ । आगामी सरकार गठनको गृहकार्य भइरहेकै बेला राजनीतिक दलका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । शीर्ष नेताको भेटघाट दिनहुँ बढ्दै गइरहेको छ । अगामी सरकारको नेतृत्व गर्न नेताबीच होडबाजीसमेत सुरु भइसकेको छ ।

images

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच आगामी सरकार गठन’ छलफल भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान नेम्वाङ खुमलटार पुगेका थिए ।

सत्ता गठबन्धनका दलबीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्रीलगायत प्रमुख पद बागबन्डा विषयमा सहमति जुट्न नसकिरहेका बेला एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डसँग भेटघाट गर्नुलाई अर्थपूर्ण हेरिएको छ । भेटका क्रममा दुई नेताबीच सरकार गठनको विषयमा नै कुराकानी भएको बताइएको छ ।

एमाले र माओवादी दुवै पार्टी स्रोतले प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिएर अगाडि बढ्ने प्रस्तावमा छलफल जारी छ । स्रोतका अनुसार प्रचण्ड र नेम्वाङबीचसमेत यही विषयमा छलफल भएको छ । ‘माओवादीले प्रधानमन्त्री, एमालेले राष्ट्रपति लिएर अरू महत्वपूर्ण पदमा समेत भागबन्डा गरेर सहमतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो । वाम गठबन्धन गरेर जाँदा नै कम्युनिस्टलाई जोगाउन सकिन्छ,’ एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव छ ।

सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । सत्ता गठबन्धनमा सरकार गठनको विषयमा कुनै निष्कर्ष ननिस्किरहेको अवस्थामा एमाले भने गठबन्धनको समीकरण फेर्ने रणनीतिमा छ । यसअघि केही दिन अगाडि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

यस्तै, एमाले नेताहरू विष्णु पौडेल, रघुवीर महासेठ, महेश बस्नेतलगायतले माओवादी अध्यक्ष प्रचण्डसँग भेटका थिए । नेम्वाङले माओवादीलाई प्रधानमन्त्री दिएर एमालेलाई राष्ट्रपति दिनेगरी नयाँ शक्ति बाँडफाँटमा जोड दिँदै आएका छन् । राजधानी दैनिकमा खबर छ।

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - ०८:१०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology