Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै 

नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै 

images
नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै 
images

काठमाण्डौ । नेपालमा आँखाको नानी प्रत्यारोपण र दान गर्ने क्रम बढ्दै गएको छ । पहिलो पटक २०५१ सालमा काठमाडौँ ढोकाटोलका चिनीमाया तुलाधरले आँखाको नानी दान गरेसँगै नेपालमा कर्निया अर्थात नानी प्रत्यारोपण थालिएको हो ।

त्यसयता सबैभन्दा धेरै सन् २०१९ मा मात्रै एक हजार तीन सय ४८ कर्निया आँखा बैंकमा उपलब्ध भएका थिए । तर, कोभिड महामारीपछि नानी सङ्कलन र प्रत्यारोपणमा कमी आएको थियो ।

यद्यपी अहिले विस्तारै सामान्य हुन थालेको नेपाल आँखा बैंकले जनाएको छ । बैंकका अनुसार सन् २०२० मा ६ सय २५ वटा मात्रै आँखाको नानी संकलन भएकामा २०२१ मा आठ सय एक र यो वर्ष ९३ वटा आँखाको नानी दानमार्फत प्राप्त भएको थियो । प्राप्त नानी प्रत्यारोपण गर्नुअघि कुनै सर्ने रोग भएनभएको परीक्षण गरिने र रगतको माध्यमबाट सर्ने रोग भए प्राप्त नानी प्रयोग नहुने पनि गरेको छ ।

हाल बर्सेनि ५ सयदेखि १५ सय जनासम्मको नानी प्रत्यारोपण हुने गरेको छ । दान गरिएको नानी झिकेर दृष्टी नभएकाहरुलाई प्रत्यारोपण गरिने नेपाल आँखा बैंकका प्रवन्धक शङ्खनारायण त्वायनाले सीआईएनसँग बताउनुभयो ।

हाल तिलगङ्गा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत देशभरका १० वटा आँखा अस्पतालले नानी प्रत्यारोपण गर्दै आएका छन् । पछिल्लो समय मृत्युपछि आँखा दान गर्ने संस्कृति बढ्दै गएकाले माग सहज बन्दै गएको चिकित्सकहरू बताउँछन् ।

images
प्रकाशित मिति :पौष ३, २०७९ आइतवार - ०९:०८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology