आँबुखैरेनी । आँबुखैरेनीको अल स्टार क्लबले बर्दघाटमा जारी प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको उपाधी कब्जा गरेको छ ।
आज भएको फाइनल खेलमा अल स्टार क्लब आँबुखैरेनीले आयोजक भैरव स्पोर्ट्स क्लब नवलपरासीलाई ० का विरुद्ध २ गोल गर्दै प्रथम भैरव कपको उपाधी कब्जा गरेको हो ।
अल स्टार क्लवले उपाधिसहित नगद १ लाख २५ हजार हात पारेको छ । उपविजेता आयोजक भैरव स्पोर्ट्स क्लबले नगद ६५ हजार प्राप्त गरेको छ ।