Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

मुग्लिनमा प्रहरीद्वारा सवारी साधनको यान्त्रीक चेकजाच

मुग्लिनमा प्रहरीद्वारा सवारी साधनको यान्त्रीक चेकजाच

images

इच्छाकामना न्युज

२८, मंसिर २०७९
मुग्लिनमा प्रहरीद्वारा सवारी साधनको यान्त्रीक चेकजाच
images

चितवन । ट्राफिक प्रहरी कार्यालय मुग्लिन र इलाका प्रहरी कार्यालय मुग्लिनले आज यान्त्रीक परिक्षण टोली सहित सवारी साधनको चेक जाच शुभारम्भ गरेको छ । दिनहु जसो भइरहने सवारी दुर्घटनाको प्रमुख कारणहरु मध्ये सवारी साधनको यान्त्रीक अवस्था ठिक नहुनु पनि एक मुख्य कारण रहेको भन्दै प्रहरीले मुग्लिनमा सवारी साधनको यान्त्रिक अवस्था चेक जाच शुरु गरेको हो । प्रहरीले मुग्लिन बजार स्थित रहेको नेपाल मोटर ग्यारेज र विश्वकर्मा मोटर ग्यारेजसंगकाे सहकार्यमा यान्त्रीक टोली राखेर सवारी चेकजाँच गरेको हो ।

लामो दुरीमा गुड्ने सवारी साधनको यान्त्रिक अवस्था चेकजाच गरेरमात्र सवारी चलाएमापनि दुर्घटनामा न्युनिकरण ल्याउन सकिने हुँदा सवारी चालकले अनिवार्य रुपमा चेकजाच गरेर मात्र सवारी चलाउनुपर्ने ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी सहायक निरिक्षक सैलेन्द्र यादवले बताउनुभयो ।

IMG_20221214_144859-1536x1153.jpg

यान्त्रीक टोलीले सवारी साधनको इन्जिनको अवस्था, ब्रेकको अवस्था, टायरमा हावाको अवस्था, मोटरसाइकलको चेन, क्लज, मोविलको अवस्था आदी चेक जाच गरिएको उहाँले बताउनुभयो ।

अति व्यस्त यस राजमार्गमा भइरहेको दुर्घटनाका मुख्य कारण मध्ये सवारी साधनको यान्त्रिक अवस्था ठिक नहुनु पनि प्रमुख कारण भएकोले सवारी साधनको यान्त्रिक परिक्षण सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक सुन्जित तामाङले बताउनुभयो । यान्त्रिक परिक्षण अभियानमा सवारी चालकहरुले राम्रो प्रतिक्रिया दिएको उहाँले बताउनुभयो । यस अभियानलाई नियमित रुपमा सञ्चालन गरिने.पनि उहाँले बताउनुभयो ।

लामो दुरीमा सवारी चलाइराख्नु पर्ने हामी सवारी चालक आफैले सवारी साधनको यान्त्रीक अवस्था चेकजाच गरेर मात्र सवारी चलाउनुपर्नेमा ट्राफिक प्रहरीले चलाएको यस अभियानबाट आफु खुसी भएको बताए । यस्तो किसिमको चेकजाच सबै ठाउमा गर्नुपर्ने चालक रमेश थपलियाले बताए ।

त्यस्तै भारतबाट पशुपतिनाथ दर्शनका लागि आएका श्याम यादवले नियमित रुपमा भारतमा यान्त्रिक चेक हुने गरेको तर नेपालमा पहिलो पटक सवारी साधनको यान्त्रिक चेक जाच गरेको पाइएकोमा आफु खुसी भएको बताए ।

यान्त्रिक चेक जाचको अभियानमा आज पहिलो दिन ३० वटा मोटरसाइकल, १५ वटा कार र ५ वटा बसबसको यान्त्रिक चेकजाच गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले बताउनुभयो । चेकजाचको क्रममा प्राय सवारी साधनहरुको ब्रेकको अवस्था, टायरमा हावाको अवस्था, व्याट्री र मोटरसाइकलको चेनको अवस्था सामान्य नरहेको पाइएको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - २२:५३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology