बर्दघाट । अल स्टार क्लब आँबुखैरेनी तनहुँ, प्रथम भैरव कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा अल स्टार क्लबले ३९ जिटीसी क्लब, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
बर्दघाट–१४, गोपीगंज स्थित खेलमैदानमा भएको खेलमा अल स्टारका लागि अनुज मगरले गरेको एक मात्र गोल निर्णायक बन्यो । फाइनल यात्रा तयका लागि भोलि बिहिवार ३ बजे अल स्टार क्लब आँबुखैरेनीले बिपि स्मृति क्लब नवलपरासी सँग प्रतिस्पर्धा गर्दैछ।
बुद्धबस्ती पिपल्स क्लब, बर्दघाट–१४, नवलपरासीको संरक्षकत्व रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ ।
सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही १५–१५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । फाइनल खेल यहि पौष २ गते हुनेछ ।