Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मेस्सीको अन्तिम विश्वकप 

मेस्सीको अन्तिम विश्वकप 

एजेन्सी

२८, मंसिर २०७९
मेस्सीको अन्तिम विश्वकप 
images

अर्जेन्टिनाका स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नै आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

images
images

गत राति सम्पन्न भएको सेमिफाइनल खेलमा साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले कतार विश्वकप २०२२ को फाइनलमा स्थान बनाएको छ । उत्त जित पश्चात मेस्सीले सञ्चार माध्यमलाई प्रतिकृया दिने क्रममा फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका हुन् । 

जारी विश्वकपमा मेस्सीले ५ खेलमा ५ गोल र ३ असिस्ट प्रदान गरेका छन् । उनी गोल्डेन बुटको दौडमा फ्रान्सका केलियन एमबाप्पेसँग संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् ।

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । अर्जेन्टिनाले बुधबार राती हुने मोरक्को र फ्रान्सको विजेतासँग आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - २१:४५:१७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology