Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी विशेष

आँबुखैरेनीको ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइदै

आँबुखैरेनीको ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइदै

पत्रपत्रिका

२८, मंसिर २०७९
आँबुखैरेनीको ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइदै
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । 

images
images

चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । बहुबर्षीय योजनाअन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आर्कषण मूर्ति निर्माण लगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । 

कूल पाँच करोड लाग्ने अनुमान अनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँं सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आर्कषण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचूर सम्भावना देखिएको छ । 

त्यसैगरी गाउँपालिकाले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूना पर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजन गरेको छ । दुई वडाका गाउँलाई रु तीस लाखका दरले रु साठी लाख बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाइएको छ । 

कार्यविधि बनाएर मौलिक प्रकृतिका घरको संरक्षण गरिने अध्यक्ष चुमानले जानकारी दिनुभयो । उक्त स्थानमा अब बन्ने घर पनि मौलिक किसिमका हुनेछन् । उहाँले भन्नुभयो, “त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कलासंस्कृति पर्यटकका लागि आर्कषण बन्नसक्ने विश्वास गरेका छाँै ।” भञ्ज्याङ्ग दैनिकबाट

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - ०९:२०:१५ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology