ईरानमा सरकार विरोधी प्रदर्शन गरेको आरोपमा थप एकजना व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको छ । ईरानको न्यायपालिकाका अनुसार माजिद रजालाई मशाद सहरमा सार्वजनिक स्थानमै मृत्युदण्ड दिइएको हो ।
दुई जना सुरक्षा अधिकारीलाई चक्कुले हानेको आरोपमा दोषी ठह¥याउँदै रजालाई मृत्युदण्ड दिइएको बीबीसीले लेखेको छ । यसअघि सरकार विरोधी प्रदर्शनमा सहभागी भएको भन्दै गत बिहीवार मोहसिन शेकारीलाई मृत्युदण्ड दिइएको थियो ।
ईरानमा पछिल्लो तीन महिनादेखि सरकारविरोधी प्रदर्शन भइरहेको छ । गत सेप्टेम्बरमा २२ वर्षका महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशभर प्रदर्शन सुरु भएको हो ।