Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अल्पसंख्यक चेपाङ समुदायको पहिलो इन्जिनियर धादिङका मनिष चेपाङ इच्छाकामना न्युज सम्मानबाट सम्मानित

अल्पसंख्यक चेपाङ समुदायको पहिलो इन्जिनियर धादिङका मनिष चेपाङ इच्छाकामना न्युज सम्मानबाट सम्मानित

इच्छाकामना न्युज

२५, मंसिर २०७९
अल्पसंख्यक चेपाङ समुदायको पहिलो इन्जिनियर धादिङका मनिष चेपाङ इच्छाकामना न्युज सम्मानबाट सम्मानित
images

कुरिनटार । अल्पसंख्यक चेपाङ समुदायबाट पहिलो इन्जिनियर बन्ने धादिङ बेनिघाट रोराङ ३ मलेखुका मनिष चेपाङ सम्मानित भएका छन् । इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा.लि. चितवनद्वारा संचालित इच्छाकामना न्युज डटकम डिजिटल अनलाईन पत्रिकाको पाँचौ वाषिकोत्सवको अवसरमा शनिबार ‘इच्छाकामना न्युज सम्मान–२०७९’ बाट इन्जिनियर चेपाङलाई सम्मानित भएका हुन्।

images
images

उनलाई कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नं. २ प्रदेश सभा ‘क’ का नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद सिलवालले दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गरिएको थियो । उनको अनुपस्थितिमा उनका बुवा तिलक चेपाङले सम्मान ग्रहण गरेका थिए। उक्त कार्यक्रममा चेपासँगै ६ जनालाई पनि सम्मान गरिएको थियो।

इच्छाकामना न्युज डटकम चितवनको इच्छाकामना गाउँपालिका र आसपासका जिल्लाका पालिकाहरुको गतिविधीसहित समाचारहरुलाई प्राथमिकताका साथ प्रकाशन प्रशारण गर्दै इच्छाकामनाको पहिलो डिजिटल अनलाईन पत्रिका हो ।

 

images
प्रकाशित मिति :मंसिर २५, २०७९ आइतवार - ११:१७:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology