Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लैङ्गिक हिंसा

लैङ्गिक हिंसा पीडितको न्यायका लागि लड्नेहरूलाई चुनौति 

लैङ्गिक हिंसा पीडितको न्यायका लागि लड्नेहरूलाई चुनौति 

images

सिआईएन

२४, मंसिर २०७९
लैङ्गिक हिंसा पीडितको न्यायका लागि लड्नेहरूलाई चुनौति 
images

उषा तामाङ, काठमाण्डौ । एउटा अध्ययन अनुसार न्याय नपाइने जोखिमले ६६ प्रतिशत महिला, हिंसा सहेरै बस्छन् । घरेलु हिंसामा परेको छु भनेर थाहा नपाउने महिलाको सङ्ख्या पनि उत्तिकै छ । लैङ्गिक हिंसामा परेका मध्ये २२ प्रतिशत महिला मात्रै न्यायको लागि लडाइँ लड्छन् ।

पीडितलाई न्याय दिलाउन सहयोग गर्नेहरूले पनि विभिन्न किसिमका चुनौती भोग्नुपर्छ । सबै जिल्लामा हिंसा पीडितलाई राख्ने व्यवस्था छैन । दैलेखको सामाजिक सेवा केन्द्र नेपालले सञ्चालन गरेको महिला र बालबालिका सेवा केन्द्रमा सयौँ पीडितलाई राखेर न्यायका लागि सहजीकरण गरिदिएको छ ।

लैङ्गिक हिंसामा परेकालाई लक्षित गर्दै देशभर ९४ अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी¬¬) स्थापना गरिएका छन् । त्यस मध्ये ६० ओसीएमसीले ११ हजार पीडितलाई सहजीकरण गरेको छ । त्यहाँ पुग्ने पीडितलाई स्वास्थ्य उपचार, पीडितको अवस्था झल्काउने मेडिकल रिपोर्ट, मनोपरामर्श लगायतका सेवा उपलब्ध गराइन्छ । सो क्रममा हुने कतिपय घटना चिकित्सकका लागि पनि चुनौतीपूर्ण हुन्छन् ।

महिला पुनस्र्थापना केन्द्रमा गत वर्ष एक हजार आठ सयभन्दा बढी अनि नेपाल प्रहरीमा तीन हजार आठ सय लैङ्गिक हिंसाको उजुरी दर्ता भएका छन् । कतिपय जिल्लामा हिंसामा परेकाहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराइन्छ ।

धनुषामा ६ वर्षदेखि हिंसा पीडितलाई मनोपरामर्श सेवा दिँदै आउनुभएका लक्ष्मी तामाङको अनुभवमा बल्ल तल्ल हिंसाबारे बोलेका पीडितलाई न्याय दिलाउन सजिलो छैन । पीडितलाई न्याय पाउन सजिलो होस् भनेर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रत्येक स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्न एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

नेपाल प्रहरीका अनुसार लैङ्गिक हिंसाका उजुरी मध्ये ५० प्रतिशत दोहोरिएर आएका घटनाहरू हुन्छन् । न्यायका लागि सङ्घर्षरत अधिकांश हिंसा पीडित परिवारबाटै बहिष्कृत भइरहेका छन् अधिकारकर्मीहरूका अनुसार, पीडितका लागि सीपमुलक तालिम कार्यक्रम तथा उचित बासको व्यवस्था सरकारले गर्नुपर्छ भने न्यायिक प्रक्रियामा आनाकानी र ढिलाइ हुने अवस्थाको अन्त्य गरिनुपर्छ । 

images
प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - ०९:३३:४८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology