विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले नयाँ प्रजातिको कोरोना भाइरस ४१ देशमा फैलिएको जनाएको छ । ७० प्रतिशत धेरै छिटो फैलिने भनिएको नयाँ प्रजातिको कोरोना भाइरस १४ डिसेम्बरमा बेलायतमा पहिलोपटक देखिएको थियो । दक्षिण अफ्रिकामा पाइएको कोरोनाको अर्को स्ट्रेन भने हालसम्म ६ वटा देशमा मात्र फैलिएको डब्लुयुएचओले जनाएको छ ।
यसैबीच, कोरोनाका कारण हाल सम्म १८ लाख ७८ हजार ५ सय मानिसको मृत्यु भएको छ । यस्तै हाल सम्म कोरोनाका कारण ८ करोड ६९ लाख ५० हजार मानिस सङ्क्रमित भएका छन् । हाल सम्म ६ करोड १६ लाख ६४ हजार मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् ।