Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राशिफल

मिति २०७९ मंसिर २४ गते शनिवार यस्तो छ तपाईको आजको राशिफल

मिति २०७९ मंसिर २४ गते शनिवार यस्तो छ तपाईको आजको राशिफल

images

इच्छाकामना न्युज

२४, मंसिर २०७९
मिति २०७९ मंसिर २४ गते शनिवार यस्तो छ तपाईको आजको राशिफल
images

२०७९ मंसिर २४ गते, शनिवार, १० डिसेम्बर २०२२। मार्ग कृष्णपक्ष द्वितीया तिथि, ११ः५० बजेदेखि तृतीया। आर्द्रा नक्षत्र, १६ः३९ बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। आफ्नाले सहयोग नगर्दा काम बिग्रने डरले सताइरहनेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउलान्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। व्यापार(व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। तर स्वास्थ्यमा आकस्मिक समस्या देखपापर्न सक्छ। काम बिग्रने डरले सताउनेछ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने नयाँ जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही लाभांश अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। फाइदाका लागि नजिकिनेहरूले दुस्ख दिनेछन्, सजग रहनुहोला। मेहनतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूको साथ पाइनेछ। आँटले काम सम्पादन हुनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। चिताएको काम बन्नेछ र केही लाभांश पनि प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। घर–परिवारमा मेलमिलाप र आत्मीयता बढ्नेछ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्नेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजोर बनाउन सक्छ। तापनि, कामको चापबाट फुर्सद पाइनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछन्। तर, गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। भोगविलासमा खर्च बढ्नेछ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। तर जिम्मेवारी बढे पनि काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। साँझतिर अरूको वादविवादले आफ्नो काम रोकिएला। रमाइलो परिस्थिति खलबलिन सक्छ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर हुने देखिएकाले खानपानमा सजग रहनुहोला। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा प्रवृत्त भइनेछ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। मिहिनेतले जटिल ठानिएको काम पनि बन्नेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउनेछ। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :मंसिर २४, २०७९ शनिवार - ०८:२८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology