Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना विशेष

इच्छाकामना गाउँपालिकामा होम स्टे संचालनका लागि ३ दिने तालिम सुरु

इच्छाकामना गाउँपालिकामा होम स्टे संचालनका लागि ३ दिने तालिम सुरु

इच्छाकामना न्युज

२२, मंसिर २०७९
इच्छाकामना गाउँपालिकामा होम स्टे संचालनका लागि ३ दिने तालिम सुरु
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रका होम स्टे संचालकहरुलाई होम स्टे संचालनका लागि ३ दिने तालिम संचालन गरिएको छ। आजदेखि सुरु भएको तालिममा याकराङ, साठीमुरे, हात्तिवाङ लगायतका गाउँहरुमा होम स्टे संचालनका लागि त्यहाँका स्थानीयहरुलाई तालिम दिन लागिएको हो।

images
images

318617111_2878047372330287_1406311956255689886_n.jpg

पर्यटन मार्फत ग्रामिण जनताको आयआर्जनमा परिवर्तन गराउने उद्देश्यका साथ गाउँमा होम स्टे चलाउन स्थानीयको लागि तालिम संचालन गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए। तालिमले होम स्टे संचालकहरुले व्यवस्थित रुपमा होम स्टे संचालन गर्नमा सहयोग पुग्ने अपेक्षा लिएको उनले बताए।

मुग्लिन स्थित वडा नं. ५ को सभाहलमा सुरु भएको तालिम २४ गते शनिबारसम्म चल्नेछ। गाउँपालिकाको आयोजनामा संचालित तालिमका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाण्डौले सहयोग गरेको छ। 

images
प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - २१:३४:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology