Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लैङ्गिक हिंसा

नेपालमा लैङ्गिक हिंसाका घटना बढ्दै 

नेपालमा लैङ्गिक हिंसाका घटना बढ्दै 

images

सिआईएन

२०, मंसिर २०७९
नेपालमा लैङ्गिक हिंसाका घटना बढ्दै 
images

सुसिला श्रेष्ठ, काठमाडौँ । नेपालमा लैङ्गिक हिंसाका घटना बर्सेनि बढ्दै गएको छ । महिला पुनस्र्थापना केन्द्रमा मात्रै १ वर्षमा १ हजार ८ सय १३ लैङ्गिक हिंसाको उजुरी दर्ता भएको छ । जसमा महिला माथि हुने घरेलु हिंसा सबैभन्दा बढी ६६ प्रतिशत छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले पछिल्लो १० वर्षमा अभिलेख गरेका लैङ्गिक हिंसाका घटनामध्ये ४९ प्रतिशत महिला अधिकार उल्लङ्घन र यस वर्ष इन्सेकले अभिलेख गरेका मानव अधिकार उल्लङ्घनका घटनामध्ये ६० प्रतिशत घटना महिला हिंसाका छन् ।

यसले नेपालमा लैङ्गिक हिंसा वार्षिक रूपमा बढ्दै गएको देखिएको छ । राष्ट्रिय महिला आयोगमा पनि उजुरी बर्सेनि बढिरहेको छ । तर सङ्घीय संरचना अनुसार आयोगका कार्यालयहरूको स्थापना हुन नसक्दा न्याय निरुपण प्रभावित बनेको आयोगका प्रवक्ता चमिला भट्टराईले बताउनुभयो । इन्सेकको लैङ्गिक हिंसाको विश्लेषणात्मक अध्ययन प्रतिवेदनले लैङ्गिक हिंसामा परेका २२ प्रतिशत महिलाले मात्र सहयोग लिन तत्परता देखाउने गरेका छन् । ६६ प्रतिशत महिलाले कसैलाई नभनि हिंसा सहेर बसेको देखिएको छ ।

न्यायको सरल पहुँच नहुनु तथा न्याय प्रक्रिया नै लामो हुनुले पनि महिलाहरू हिंसा विरुद्ध बोल्नुभन्दा सहेर बस्ने गरेका छन् । जस कारण कति महिला हिंसामा परे भन्ने तथ्याङ्क अझैसम्म आउन नसकेको राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत कल्पना आचार्यले बताउनुभयो ।नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा लैङ्गिक हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ भने आगामी २ वर्षमा लैङ्गिक हिंसा ५ प्रतिशतमा झार्ने सरकारको लक्ष्य छ । तर लैङ्गिक हिंसाका उजुरी तथा घटनामध्ये झण्डै ८० प्रतिशत घरेलु हिंसा हुने गरेको छ ।   

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०९:१५:५५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology