Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ : चितवन २ का सांसद रवि लामिछाने

राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ : चितवन २ का सांसद रवि लामिछाने

इच्छाकामना न्युज

१८, मंसिर २०७९
राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ : चितवन २ का सांसद रवि लामिछाने
images

चितवन । राजमार्गमा गुणस्तरीय शौचालय नहुँदा यात्रुहरुले अनेक कठिनाई भोग्नुपरेको छ । विशेषगरी सार्वजनिक गाडीमा चड्ने र त्यसमा पनि महिलाहरुलाई धेरै नै अफ्ठ्यारो पर्ने गरेको छ । यस्तो किसिमको समस्यालाई मध्येनजर गर्दै राजमार्गमा १२ वटा गुणस्तरिय रेस्ट एरिया बनाउने काम अघि बढेको छ ।

images
images

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राज्यलाई एकदमै कम भार पर्नेगरी दु्रत गतिमा १२ वटा रेस्ट एरिया बनाउने काम अघि बढेको बताएका छन् । यसले विशेषगरी महिलाहरुले वर्षाैँदेखि भोग्दै आएको असहजताको अन्त्य हुने उनले बताएका छन् ।

उनले आइतबार फेसबुकमा लेख्दै भनेका छन्–हाम्रो राजमार्गमा ढंगका शौचालय छैनन्। दिशा पिसाब गर्न छिर्दा वान्ता समेत आउँछ। विशेषगरि महिला दिदिबहिनीहरुलाई अत्यन्त गार्‍हो हुने गरेको छ। यसलाई मध्यनजर गर्दै हाल लाई १२ वटा गुणस्तरीय रेस्ट एरिया बनाउने सन्दर्भमा राज्य लाई अत्यन्तै कम भार पर्ने गरि द्रुत गतीमा काम अगाडि बढेको छ । महिलाहरुले वर्षौ भोगेको असहजताको अन्त्य गर्न हामी प्रतिवद्द छौ। प्रचार होइन अपडेट गरेको।

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - ०९:५२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology