आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । जारी शृङ्खलामा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।
अस्ति शुक्रबार भएको पहिलो खेलमा नेपालले वर्षाका कारण नामिबियासँग अङ्क बाँडेको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म स्कटल्याण्डसँग नेपालले दुई खेल खेलेको छ । जसमा नेपालले एकमा जित र एक खेलमा हार बेहोरेको छ ।