अविनाश आचार्य, काठमाडौँ । प्रदेशसभा निर्वाचनममा प्रत्यक्षतर्फको परिणाम करिब टुङ्गिन लाग्दा प्रदेश सरकार गठन र सत्ता समिकरणबारे चर्चा सुरु भएको छ । हालसम्मको परिणामअनुसार प्रदेशतर्फ कुनै दलको एकल सरकार बन्ने सम्भावना छैन । त्यसैले सरकार गठनका लागि सबै प्रदेशमा दलहरूको सहकार्य आवश्यक छ ।
अहिलेको सत्ता गठबन्धन कायम रहे बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिममा यहि गठबन्धनकै सरकार बन्ने देखिन्छ । अरुमा भने कुनै पक्षको बहुमत आउने सम्भावना छैन । प्रदेश १, मधेस र लुम्बिनीमा सरकार गठनका लागि साना दल निर्णायक हुने देखिएको छ ।
यसले प्रदेश सरकारहरूमा झन बढी अस्थिरता निम्तिन सक्ने खतरा रहेको राजनितिक विश्लेषकहरू बताउँछन् । प्रदेशतर्फ पाएको मतका आधारमा एमाले पहिलो शक्ति भएपनि चार वटा प्रदेशमा सत्ता गठबन्धनको सरकार बन्न सक्ने देखिएपनि अन्य प्रदेशमा भने दुबै पक्ष बहुमत पु¥याउने कसरतमा छन् । तर, भागवण्डा मिलाउन दलहरूलाई चुनौती देखिएको छ ।
प्रदेश संरचना र त्यसको औचित्यमाथि प्रश्न उठिरहेका बेला सरकार गठनकै लागि हम्मे हम्मे पर्ने स्थितिले झन् बढी आक्रोश पैदा हुन सक्ने विश्लेषक जयराज आचार्यले बताउनुभयो ।