Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभकामना ब्यक्त

३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभकामना ब्यक्त

images

इच्छाकामना न्युज

१७, मंसिर २०७९
३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुभकामना ब्यक्त
images

काठमाडौं । आज ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ दिवस मनाइँदैछ । यस पटकको विश्व अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरूको मर्यादा, अधिकार र कल्याणका लागि अपाङ्गतासम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्द्धन गर्ने र समर्थन जुटाउने लक्ष्य राखिएको छ । सन् १९९२ देखि हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपाङ्गता दिवस मनाइन्छ ।आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरू आयोजना गरिन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपाङ्गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गर्नुभएको हो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्द्धन एवं संरक्षण गर्न संयुक्त राष्ट्र सङ्घको अग्रसरतामा तीन दशकअघि सुरु गरिएको यस दिवसले समावेशी विकास, पहुँचयुक्त भौतिक पूर्वाधार निर्माण, सहभागिता र नेतृत्व विकासमार्फत अपाङ्गता भएका नागरिकलाई राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान गर्न प्रोत्साहित गर्ने सन्देशमा उल्लेख छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - ०९:२०:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology