Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

हिजाब नलगाएकी महिलालाई सेवा दिने बैंकका प्रबन्धक बर्खास्त

हिजाब नलगाएकी महिलालाई सेवा दिने बैंकका प्रबन्धक बर्खास्त

एजेन्सी

१२, मंसिर २०७९
हिजाब नलगाएकी महिलालाई सेवा दिने बैंकका प्रबन्धक बर्खास्त
images

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हिजाब नलगाई आएकी एक महिलालाई सेवा दिएपछि बैंकका एक कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ । इरानमा अनिवार्य हिजाबको विरोधमा भएको प्रदर्शनले देशलाई हल्लाएको बेला सरकारले यो कारबाही गरेको हो ।

images
images

रिपोर्टका अनुसार तेहरान नजिकको कोम प्रान्तमा रहेको यस बैंकका प्रबन्धकलाई प्रान्तीय गभर्नरको आदेशमा बर्खास्त गरिएको थियो। इरानमा गत सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा कुटपिटपछि  मृत्यु भएको थियो।

हिजाब नलगाएको भन्दै अमिनीलाई नैतिक प्रहरीले पक्राउ गरेको थियो । अमिनीको मृत्युपछि इरानमा हिजाब र सरकारविरुद्ध प्रदर्शन जारी छ।

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०७:५७:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology