Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङमा समानुपातिकको मत गन्दा प्रत्यक्ष मतको बाक्सै भेटिएपछि...

धादिङमा समानुपातिकको मत गन्दा प्रत्यक्ष मतको बाक्सै भेटिएपछि...

इच्छाकामना न्युज

१०, मंसिर २०७९
धादिङमा समानुपातिकको मत गन्दा प्रत्यक्ष मतको बाक्सै भेटिएपछि...
images

धादिङ । प्रत्यक्षतर्फको सकेर समानुपातिकको मत गणना गर्ने क्रममा धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको सिंगै मतपेटिका भेटिएको छ । मुख्य निर्वाचन अधिकृत, कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुकै कमजोरीका कारण प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको बाक्सा नै गणना गर्न छुटेको हो । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक मत गणना गर्ने क्रममा प्रत्यक्ष तर्फको बाक्सा भेटिएपछि केहिबेर हंगामा नै मच्चियो ।

images
images

खनियाबास गाउँपालिका वडा नम्बर ४ को गणेशकुण्ड मावि मतदान स्थलको ख केन्द्रको मतपेटिका गणनामा छुटेको मुख्य निर्वाचन अधिकृत स्विकृती पराजुलीले बताए । ‘यो मतदान स्थलमा क र ख गरी २ वटा केन्द्र थिए । ख केन्द्रमा रहेको चार सय ५१ मत गणनामै छुट्यो । रातको समयमा सबैतिरको मतपत्रहरु एकै पटक आउँदा भण्डारमा राख्ने क्रममा प्रत्यक्ष तर्फको मतपेटिका समानुपातिकतर्फ परेको र मतगणना सम्पन्न गर्दा मतपेटिका नगन्नु त्रुटी भएको सत्य हो’, पराजुली स्वीकार गरे ।

मतदाताले मत जाहेर गरेपछि कुनै पनि भुलवस जुनसुकै बाक्सामा परेपनि सदर गर्ने मतगणना पूर्वनै सर्वपक्षीय सहमति भएको छ । सोहि अनुसार छुटेको मतपेटिका पुनः गणना गरी प्रत्यक्षतर्फका उम्मेदवारको मत थप गरिएको पनि पराजुली बताए । जसका कारण बिहीबार साँझ भएको मत परिणाम भन्दा शुक्रबार विहान आएको मत परिणामको अन्तर पनि फरक परेको छ ।

धादिङ प्रतिनिधिसभामा कूल एकसय ५५ मतदान केन्द्र रहेकोमा एक सय ५४ वटा केन्द्रको मात्रै गणना भयो तर एउटा बाँकि रहेको कसैले ख्याल गरेनन् । प्रत्यक्षको मत परिणाम सुनाउनुपूर्व कति बाक्साको मत गणना भयो समेत गनिएन । कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरुले पनि वास्ता गरेनन् ।

मतगणना सम्पन्न पश्चात बढि मत ल्याउने उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारीले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खेम प्रसाद लोहनीको भन्दा १० हजार पाँच सय ३३ मत बढि देखिएपछि विजय उत्सव मनाए । पछि फेला परेको मतसंख्या भन्दा पहिले नै मतान्तर बढि भएपछि यस विषयले खासै चर्चा पाएन । राजनीतिक दल र उम्मेदवारहरुले मतगणना गर्ने र मतसंख्या सच्याउनेमा सहमती जनाए ।

पछि फेला परेको मत गणना गर्दा नेपाली कांग्रेसका रामनाथ अधिकारीलाई भन्दा नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १८ मत बढी आएको छ । अब दुइ उम्मेदवारबीचको मतान्तर १० हजार पाँचसय १५ भएको छ । नयाँ पत्रिकाबाट

images
प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - ०९:५६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology