Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङमा एमाले पराजित हुँदा क–कसले जिते ?

धादिङमा एमाले पराजित हुँदा क–कसले जिते ?

इच्छाकामना न्युज

९, मंसिर २०७९
धादिङमा एमाले पराजित हुँदा क–कसले जिते ?
images

धादिङ । धादिङमा नेकपा एमालेले पराजय भोग्नु परेको छ । सत्ता गठबन्धन सामु बलियो दाबेदारका रुपमा चुनावी मैदानमा उत्रिएको एमाले धादिङलाई यो संघीय निर्वाचन र प्रदेश निर्वाचन फलदायी हुन सकेन । तथापी एमाले कै सहकार्यमा राप्रपाले धादिङ २ को प्रदेश २ मा भने जित निकालेको छ ।

images
images

धादिङ १ मा राजेन्द्र पाण्डे विजयी
धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे विजयी भएका छन् । उनले ३५ हजार नौ सय ३४ मत प्राप्त गरे । पाण्डेका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भूमि त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार चार सय ७५ मत प्राप्त गरेका थिए भने दुई हजार छ सय ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । धादिङ क्षेत्र नम्बर १ मा एक लाख ३२ हजार तीन सय ५४ मतदाता रहेकामा ८० हजार छ सय १५ जनाले मतदान गरेका थिए ।

धादिङ १ को प्रदेश २ मा शालिकराम जमकट्टेल विजयी
नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कटेल विजयी भएका छन् । नेकपा एमालेका गजेन्द्र थपलियालाइ ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् । यो प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी थपलियाको १२ हजार ४ सय ७८ मत आएको छ । जम्कटेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेश सांसद थिए । बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसकेका जम्कटेल यस पटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

धादिङ १ को प्रदेश २ मा मदुकुमार श्रेष्ठ विजयी
नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मत ल्याइ विजयी भएका छन् । उनका निकतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेद्वार रमेश आचार्यलाइ १ हजार २ सय ९४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । आचार्यको १६ हजार ५ सय ३२ मत ल्याउदा एमालेमा विद्रोह गर्दै स्वतन्त्र उम्मेद्वारी पौडेलले ४ हजार ६ सय ८८ मत ल्याएका थिए ।
एमालेमा विद्रोह गर्दै प्रदेश सभामा स्वतन्त्र उम्मेद्वारी दिएका पौडेलआफुले विजय हाँसिल गर्न नसकेपनि पार्टीको उम्मेद्वारलाइ पराजय गराउन उनको मत पर्याप्त बनेको थियो ।

धादिङ २ मा रामनाथ अधिकारी विजयी
नेपाली काँग्रेसका धादिङका जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् । मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाएका छन् भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाएका छन् । यो क्षेत्रमा ६९ हजार १ सय ६४ मत गणना भएको थियो । राष्टिय स्वतन्त्र पार्टीका बसुमाया तामाङले ५ हजार ५ सय २५ मत पाइन । यो निर्वाचन क्षेत्रमा ३ हजार ३ सय ७३ मत बदर भएको छ । २०७४ को निर्वाचनमा कांग्रेसकै दिलमान पाख्रिनलाई वाम गठबन्धनको बलमा ६ सय ७१ मतले पराजित गराएका लोहनी अहिले सत्ता गठबन्धनको साथमा रहेका कांग्रेसका अधिकारीसंग भारी मतअन्तरले पराजीत भएका छन् ।

धादिङ २ को प्रदेश १ मा गोविन्द लंसाल विजयी
नेपाली काँग्रेसका नेता गोविन्द लंसाल विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार डा। राम कुमार अधिकारीलाइ २ हजार ९ सय ९७ मतले पराजित गर्दै लंसाल विजयी भएका हुन् । लंसाल नेकपा माओवादी केन्द्र र नेकपा एस र नेपाली काँग्रेसका साझा उम्मेद्वार रहेका थिए । अधिकारीलाइ भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो । यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।

धादिङ २ को प्रदेश २ मा राप्रपाका डम्बर तामाङ
नेकपा एमालेको साथ लिएर चुनावमा उठेका तामाङले गठबन्धन दलबाट उम्मेद्वार भएका निवर्तमान प्रदेश सांसद एवं नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडालाइ १ सय ३१ मतको झिनो अन्तरले पराजित गरेका हुन् । यस पटकको निर्वाचनमा २९ हजार ६ सय ७९ मत खसेको यस प्रदेशमा तामाङले १४ हजार ४ सय ८१ मत ल्याउदा सिंखडाले १४ हजार ३ सय ५० मत मात्रै ल्याए । अहिले विजयी भएका तामाङ २०७४ को प्रदेशसभा निर्वाचनमा सिंखडासंग १ हजार ८ सय ३१ मतले पराजित भएका थिए । २०७४ मा नेकपा एमालेसंग मिलेर चुनाव जितेका जगतलाइ अहिले तामाङले पनि नेकपा एमालेसंग नै मिलेर हराएर २०७४ को बदला लिएका छन् ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०८:३४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology