Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

राशिफल 

मिति २०७९ मंसिर ९ गते शुक्रवार यस्तो छ तपाईको आजको राशिफल 

मिति २०७९ मंसिर ९ गते शुक्रवार यस्तो छ तपाईको आजको राशिफल 

images

इच्छाकामना न्युज

९, मंसिर २०७९
मिति २०७९ मंसिर ९ गते शुक्रवार यस्तो छ तपाईको आजको राशिफल 
images

२०७९ मंसिर ९ गते, शुक्रवार, २५ नोभेम्बर २०२२। मार्ग शुक्लपक्ष द्वितीया तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि– वृश्चिक। २०ः१४ बजेदेखि मूल नक्षत्र, धनु राशि।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयमा शुभचिन्तक तथा साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
नियमले रोक्ने हुँदा लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन्। काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमै गम्भीर नबन्दा नचिताएको समस्या देखिन सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। पेसातर्फ धेरै लाभ उठाउन नसकिए पनि केही समस्या सुल्झनेछन्। कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ। आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीभाइ भेटिनाले खुसियाली छाउनेछ। कर्जामार्फत धन जुट्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ। खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। श्रमको उचित मूल्य पाइनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ। सानो प्रयत्नले अप्ठ्यारो स्थितिबाट जोगाउन सक्छ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - ०८:०७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology