तनहुँ । यहि मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ को प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्। पौडेल ५३७३ मतको मतान्तरमा निर्वाचित भएका हुन्।
पौडेलले २५३१६ मत पाए भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एक बहादुर रानाले १९९४३ मत पाए।