तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान निर्वाचित भएका छन् । उनले नेकपा एमालेका पूर्णबहादुर गुरूङलाई २ हजार ७६८ को फराकिलो मतान्तरले हराउदै जित निकालेका हुन् ।
कुल ३० हजार ३८९ मत गणना गर्दा माओवादीका चुमानले १३ हजार २७१ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गुरूङले १० हजार ५०३ मत प्राप्त गरेका थिए । चुमान २०७४ को चुनाबमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो।
चुमान गण्डकी प्रदेशमा माओबादीका तर्फबाट मुख्यमन्त्रीका दाबेदार नेता हुन् । पृथ्बीसुब्बा गुरुङको मन्त्रीमण्डलमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कुशलतापुर्वक सम्हालेका चुमान परिपक्क र बिकासप्रेमी नेताको रुपमा चिनिन्छन ।
हाल नेकपा माओबादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका चुमान माओबादिबाट गण्डकी प्रदेश सभामा उम्मेदवारी दिएकामध्ये माथिल्लो तहका नेता हुन् । गण्डकी प्रदेश सरकारको नेतृत्व माओबादीको भागमा परेको खण्डमा चुमान नै मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की छ। तनहुँको डुम्रेमा भएको चुनाबी सभामा चुमानलाई मुख्यमन्त्री बनाउने संकेत माओबादी अध्यक्ष प्रचण्डले गरेका थिए ।