Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

राजनिति

तनहुँ १ को प्रदेश सभा ‘ख’ मा गठबन्धनबाट माओवादी केन्द्रका हरि बहादुर चुमान पुनः निर्वाचित

तनहुँ १ को प्रदेश सभा ‘ख’ मा गठबन्धनबाट माओवादी केन्द्रका हरि बहादुर चुमान पुनः निर्वाचित

images

इच्छाकामना न्युज

७, मंसिर २०७९
तनहुँ १ को प्रदेश सभा ‘ख’ मा गठबन्धनबाट माओवादी केन्द्रका हरि बहादुर चुमान पुनः निर्वाचित
images

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान निर्वाचित भएका छन् । उनले नेकपा एमालेका पूर्णबहादुर गुरूङलाई २ हजार ७६८ को फराकिलो मतान्तरले हराउदै जित निकालेका हुन् ।

कुल ३० हजार ३८९ मत गणना गर्दा माओवादीका चुमानले १३ हजार २७१ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गुरूङले १० हजार ५०३ मत प्राप्त गरेका थिए । चुमान २०७४ को चुनाबमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो।

चुमान गण्डकी प्रदेशमा माओबादीका तर्फबाट मुख्यमन्त्रीका दाबेदार नेता हुन् । पृथ्बीसुब्बा गुरुङको मन्त्रीमण्डलमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कुशलतापुर्वक सम्हालेका चुमान परिपक्क र बिकासप्रेमी नेताको रुपमा चिनिन्छन ।

हाल नेकपा माओबादी केन्द्रको पोलिटब्युरो सदस्य रहेका चुमान माओबादिबाट गण्डकी प्रदेश सभामा उम्मेदवारी दिएकामध्ये माथिल्लो तहका नेता हुन् । गण्डकी प्रदेश सरकारको नेतृत्व माओबादीको भागमा परेको खण्डमा चुमान नै मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की छ। तनहुँको डुम्रेमा भएको चुनाबी सभामा चुमानलाई मुख्यमन्त्री बनाउने संकेत माओबादी अध्यक्ष प्रचण्डले गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - २२:२८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology