Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

प्रचण्डलाई एमालेमा गम लगाएर टाँसेको थिएँ, पक्लक्क उप्किए : एमाले अध्यक्ष केपी ओली

प्रचण्डलाई एमालेमा गम लगाएर टाँसेको थिएँ, पक्लक्क उप्किए : एमाले अध्यक्ष केपी ओली

images

इच्छाकामना न्युज

१, मंसिर २०७९
प्रचण्डलाई एमालेमा गम लगाएर टाँसेको थिएँ, पक्लक्क उप्किए : एमाले अध्यक्ष केपी ओली
images

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण बामपन्थी शक्ति कमजोर बनेको आरोप लगाउनु भएको छ ।

बिहीबार झापा क्षेत्र नम्बर १ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी शक्तिलाई बलियो बनाउन आफूले प्रचण्डसँग सहकार्य गरे पनि उनले धोका दिएको आरोप लगाउनु भएको हो ।

‘माओवादीलाई जोरजाम गरेर एमालेमा गम लगाएर टाँसेको थिएँ । प्रचण्ड पक्लक्क उक्किए । प्रचण्ड उक्किए पनि थुप्रै माओवादी साथीहरू एमालेमै रहे । उनीहरूलाई म धन्यवाद भन्न चाहान्छु,’ ओलीले भन्नुभयो ।

एमाले राष्ट्रियतावादी पार्टी भएकाले कमजोर बनाउन अनेक षड्यन्त्र भइरहेको ओलीको भनाइ छ । यसपटकको निर्वाचनमा राष्ट्रिय हितविपरीतका शक्तिलाई पराजित गर्नुपर्ने ओलीले बताउनुभयो ।

‘मुलुकको विकास र समृद्धिका लागि एमाले सरकारमा आउनुपर्छ । एमालेलाई सरकारमा आउन नदिन र कमजोर बनाउन अनेक षड्यन्त्र भएका छन्,’ ओलीले भन्नुभयो । यसपटकको निर्वाचनको अर्थ मुलुकका हितमा काम नगर्ने शक्तिलाई पराजित गर्नुमा रहेको ओलीको भनाइ छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १७:११:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology