Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मोरङमा माओवादी उम्मेदवार अमनलाल मोदीलाई प्रश्न गर्ने विद्यार्थी कुटिए

मोरङमा माओवादी उम्मेदवार अमनलाल मोदीलाई प्रश्न गर्ने विद्यार्थी कुटिए

इच्छाकामना न्युज

१, मंसिर २०७९
मोरङमा माओवादी उम्मेदवार अमनलाल मोदीलाई प्रश्न गर्ने विद्यार्थी कुटिए
images

मोरङ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अमनलाल मोदीलाई ‘१० वर्ष सांसद भएर के के विकास गर्नुभयो ?’ भनेर प्रश्न गर्ने विद्यार्थी कुटिएका छन्।

images
images

मोरङको कटहरी–३, चम्राहीमा पढाइ भइरहेको मदरसामा बुधबार आयोजित चुनावी सभामा उम्मेदवारलाई प्रश्न गर्ने २१ वर्षीय शंकरकुमार साफीलाई नेताका समर्थकले पिटेका थिए। सत्तापक्षीय गठबन्धनको सभामा उम्मेदवार अमनलाल मोदीले मन्तव्य राखेपछि साफीले ‘१० वर्ष सांसद भएर के के विकास गर्नुभयो ?’ प्रश्न गरे।

सुनसरी कोशी गाउँपालिका–७, हरिपुर घर भई कटहरीमा डेरामा बसेर उनले दैनिक ६० जना विद्यार्थीलाई ट्यूशन पढाउँदै आएका छन्। साफीले भने, “वडाध्यक्ष जदुलाल कामत सहितका चार–पाँच जनाले कुटपिट गर्दै कार्यक्रमबाट बाहिर निकाले ।” उनलाई प्रश्न सोधेको निहुँमा कुटिएको थियो।

साफीले भने, “पिट्दापिट्दै उनीहरूले सोधे–फेरि प्रश्न गर्छस् ? मैले गर्छु भनें।” उनको जवाफपछि पुनः लछारपछार पार्दै कार्यक्रमस्थलमै लगिएको थियो। कुटिएपछि माओवादीका केन्द्रीय सदस्य समेत रहेका उम्मेदवार मोदीले चिया खान र गफ गर्न आग्रह गर्दा साफीले अस्वीकार गरे। विज्ञान सङ्कायमा स्नातकको पढाइको तयारी गर्दै गरेका उनले प्रश्न गर्दा कुटाइ खाइन्छ भने पुनः प्रश्न थप्ने बताए।

साफीले प्रदेश सभाका उम्मेदवार भीम पराजुलीलाई पनि पाँच वर्षमा विराटनगरको मेयर भएर के के काम गर्नुभयो भन्ने प्रश्न गरेका थिए। माओवादी केन्द्रका केन्द्रीय सदस्य मोदी र नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पराजुलीलाई पुनः अर्को कार्यक्रममा साफीले प्रश्न गर्ने बताएका छन्। बिहीबार कटहरी–२ मा हुने कार्यक्रममा उनीहरूलाई पुनः प्रश्न गर्ने साफीले बताए।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०९:२२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology