Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्री देउवाको क्षेत्रमा प्रतिस्पर्धीबाट चुनौती थपियो, सबै कार्यक्रम रद्द गरेर डडेल्धुरा जाँदै

प्रधानमन्त्री देउवाको क्षेत्रमा प्रतिस्पर्धीबाट चुनौती थपियो, सबै कार्यक्रम रद्द गरेर डडेल्धुरा जाँदै

इच्छाकामना न्युज

२९, कार्तिक २०७९
प्रधानमन्त्री देउवाको क्षेत्रमा प्रतिस्पर्धीबाट चुनौती थपियो, सबै कार्यक्रम रद्द गरेर डडेल्धुरा जाँदै
images

काठमाडौं । देशका विभिन्न भागमा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री शेरवहादुर देउवा डडेल्धुरा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका छन्। उनी कात्तिक २९ गते मंगलबार विहान काठमाडौंबाट डडेल्धुरा जाने कार्यक्रम तय भएको छ।

images
images

समाचारअनुसार, आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषणका आधारमा देउवा सबैतिर छाडेर त्यता जान लागेका हुन्। सैनिक स्रोतका अनुसार, प्रधानमन्त्रीको डडेल्धुरा बसाइ अब मौन अवधि शुरु हुन्जेलसम्म हुनेछ।

‘उहाँ मंसिर १ गते साँझमात्र काठमाडौं फर्किने कार्यक्रम छ,’ सैनिक स्रोतले भन्यो। मंसिर २ गतेबाट मौन अवधि शुरु हुँदैछ। प्रधानमन्त्री देउवा आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुँदा अन्यत्र तय भएका कार्यक्रमहरुमा पार्टीका अरु नेतालाई जान भनेर उनले नै आदेश दिएका छन्।

देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिष्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकालले निकै चर्चा बटुलिसकेका छन्। उनको प्रचार र खटाइबाट आत्तिएका देउवाका प्रचारकहरुले प्रहरी शक्तिको दुरुपयोग गरी ढकाललाई माइकिङसमेत गर्न नदिएर अवरोध खडा गरेका थिए।

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - ०८:३२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology