दाङ, १९ पौष ।
तीन लाख ३९ हजार रुपैयाँसहित जुवाको खालबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको दाङको तुलसीपुरमा शनिबार बेलुकी प्रहरीले जुवाको खालमा छापा मारेर ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र खोलेको तासको चार गड्डीसहित १५ जनालाई पक्राउ गरेको हो।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ बरुवागाउँ बस्ने खुमान सिंह वलीको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले छापा मारेको थियो ।