Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रवासमा नेपाली

विदेशमा रहेका झण्डै ४० लाख मतदाता मताधिकारबाट वञ्चित

विदेशमा रहेका झण्डै ४० लाख मतदाता मताधिकारबाट वञ्चित

सिआईएन

२८, कार्तिक २०७९
विदेशमा रहेका झण्डै ४० लाख मतदाता मताधिकारबाट वञ्चित
images

सजना तिमल्सिना, काठमाडौँं । विदेशमा रहेका नागरिकले मतदान गर्न पाउनुपर्ने व्यवस्था कार्यान्वयनमा नल्याउँदा झण्डै ४० लाख मतदाता मताधिकारबाट वञ्चित हुने भएका छन् । राजनीतिक दलले हरेक चुनावी घोषणापत्रमा यो विषयलाई समेट्दै आए पनि कार्यान्वयन भने गराउन सकेका छैनन् ।

images
images

यो व्यवस्था कार्यान्वयन नगरेकै कारण यसपटकको निर्वाचनमा पनि मतदान गर्न नपाउने पपुवान्यूगिनीमा रहनु भएका ललितपुरको नखिपोटका हरिहर केसीले बताउनुभयो । विदेशमा रहेका मतदातालाई मतदानको अधिकार दिने अभ्यास धेरै देशमा छ ।

थाइल्यान्डले विदेशमा रहेका आफ्ना नागरिकलाई निर्वाचन हुनुभन्दा ६० दिन अघि दूतावासमा नाम दर्ता गराएर मतदान गर्न पाउने सुविधा दिएको छ । फिलिपिन्सले विदेशमा रहेका नागरिकलाई ३० दिन अघिदेखि मतदानको अवसर दिन्छ ।

अमेरिकाले सन् २००० देखि राजनीतिक निर्वाचनका लागि अनलाइन मतदानको सुविधा दिएको छ । क्यानडा, स्विजरल्याण्ड, अस्ट्रेलिया लगायत देशले स्थानीय र प्रदेश तहको निर्वाचनमा समेत यसखालको विधी प्रयोग गर्ने गरेका छन् । अस्ट्रिया, बङ्गलादेश, जर्मनीलगायत देशले पनि विदेशमा रहेका आफ्ना नागरिकलाई मतदानको अवसर दिएका छन् ।

विदेशमा रहेका नेपालीलाई पनि मतदानमा सहभागी गराउनुपर्ने गैरआवासीय नेपाली सङ्घको माग छ ।२०७४ साल चैत ७ मा सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउनु भनी आदेश दिएपनि त्यसको कार्यान्वयन भएको छैन ।

राजनीतिक दलले नै नचाहेकाले यो कार्यान्वयन गर्न नसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । सधैँ जस्तै यसपटकको चुनावी घोषणापत्रमा पनि राजनीतिक दलहरूले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्ने व्यवस्था मिलाउने प्रतिवद्धता गरेका छन् । तर कार्यान्वयनमा दलहरू जिम्मेवार बन्लान् भन्ने कुरामा भने शङ्कै छ ।  

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०९:०७:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology