Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

रोजगारी

देश चुनावमय, युवाहरू भने रोजगारीका लागि परदेशीँदै 

देश चुनावमय, युवाहरू भने रोजगारीका लागि परदेशीँदै 

images

सिआईएन

२८, कार्तिक २०७९
देश चुनावमय, युवाहरू भने रोजगारीका लागि परदेशीँदै 
images

सुसिला श्रेष्ठ, काठमाडौँ । ९ दिनपछि देशमा प्रदेश, प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । देश चुनावमा होमिए पनि युवाहरू भने रोजगारीका लागि विदेशीनेक्रम रोकिएको छैन ।

भोट हाल्नकै लागि कतिपय नेपाली, मतदाता नामावली भएको क्षेत्रमा जाने योजना पनि बनाइरहेका छन् । तर हिमाल, पहाड, तराई, सबैतिर निर्वाचनको चर्चा भए पनि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै देश छोड्नेहरूलाई भने निर्वाचनले छोएको छैन ।

नेताहरूले यसअघिको निर्वाचनका बेला गरेका रोजगारीको प्रतिबद्धता पूरा नगरेपछि विदेशिनु परेको सिरहाका शिव कुमार कठायतले बताउनुभयो ।

नेपालको संविधानले हरेक नागरिकलाई रोजगारी र आफ्ना मताधिकारको प्रयोग गर्न पाउने हकको व्यवस्था गरेको छ । तर यी दुवै अधिकार आपूmले प्रयोग गर्न नपाएको कैलालीका धनकुमारको भनाइ छ । विदेशमा रहेकाहरूको मताधिकारको प्रयोगका लागि सरकारले अनलाइन भोट हाल्ने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

देश निर्वाचनमय भईरहेको छ तर निर्वाचनले नेपाली युवालाई रोक्न सकिरहेको छैन । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक दुई हजार नेपाली रोजागारीका लागि विदेशिने गरेका छन् ।

जुन अघिल्लो महिनाको तुलनामा २५ प्रतिशतले बढी भएको प्रवक्ता कृष्ण प्रसाद भुसालले जानकारी दिनुभयो । निर्वाचनका बेला एक भोटको महत्व निकै छ तर नेपालमै आवश्यक मात्रामाा रोजगारीको सिर्जना हुन नसक्दा ३५ लाख भोट खेर गइरहेको छ । 

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०९:०५:४९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology